
काठमाडौं । प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्ष ०७८र७९ का लागि बजेटको आकार चालू आवको बराबरको बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्षका लागि उनले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट घोषणा गरेका छन । चालू आवमा उनले नै ३३ अर्ब ५६ करोड ९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए ।
आगामी आवको बजेटमा चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोेड बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस