aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

प्रतिनिधिसभा विघटन मुद्दामा बारले तोक्यो एमिकस क्युरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ असार २०७८
प्रतिनिधिसभा विघटन मुद्दामा बारले तोक्यो एमिकस क्युरी

काठमाडौं । नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका लागि माग गरिएको अदालतका सहयोगीमा दुई वरिष्ठ अधिवक्तालाई पठाउने निर्णय गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिले बैठकले वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ललाई पठाउने निर्णय गरेको बारले जनाएको छ ।

मंगलबार नै  सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई अदालतका निष्पक्ष सहयोगी पठाउने निर्णय गरेको थियो ।सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनबाट दुईदुई  वरिष्ठ अधिवक्ता एमिकस क्युरीका रुपमा उपलब्ध  गराउन आदेश दिएको थियो ।  सो मुद्दामा यही असार ९ गतेदेखि नियमित सुनुवाइ हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस