aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

यी हुन् एक वर्षमा सर्वाधिक दान गरेर विश्व रेकर्ड बनाउने महिला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ असार २०७८
यी हुन् एक वर्षमा सर्वाधिक दान गरेर विश्व रेकर्ड बनाउने महिला

एजेन्सी। विश्वको सबैभन्दा धनी व्यक्ति जेफ बेजोसकी पूर्व पत्नी मैकेन्जी स्कटले २.७ अर्व डलर (लगभग ३१७ अर्व रुपैयाँ नेपाली पैसा) चन्दा अभियानमा सहयोग गरेकी छिन्। विश्वका २८३ वटा संस्था यस अनुदानबाट लाभान्वित भएका छन्।

बेजोससँग सम्बन्ध विच्छेद गरेकी म्याकेन्जी आफ्नो परोपकारी कार्यको कारण अहिले निकै चर्चामा छिन्। उनले २०२० जुलाई देखी यता मात्र  भारतमा मात्र ८.४ अर्ब रुपैयाँ चन्दा दिएकी छिन्।

उनको पछिल्लो चन्दा पाउने भारतीय संस्थामा गिभ भारत, गुन्ज, अन्तारा फाउन्डेसन रहेका छन्। म्याकेन्जीले २०१९ मा जेफ बेजोससँग सम्बन्ध विच्छेद गरेर आफ्नै  बच्चाहरू पढ्ने स्कुलका विज्ञान शिक्षक डान जावेटसँग विवाह गरेकी छिन्। डेन जावेटसँग विवाह गरेपछि यो उनको पहिलो दान अभियान हो।

बेजोससँग सम्बन्ध विच्छेद गरेपछि म्याकेन्जी स्कटले अमेजनमा ४ प्रतिशतको हिस्सेदारी पाएकी छिन्। जसको मूल्य जुन करिब ६० अर्व डलर हुन्छ। उनी संसारकै  सबैभन्दा सक्रिय परोपकारी व्यक्तिमा गनिन्छिन् । उनले गत वर्ष मात्र एक वर्षमा सबैभन्दा बढी दान दिने व्यक्तिको कीर्तिमान कायम गरेकी छिन्। 

प्रतिक्रिया दिनुहोस