aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको खतरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ असार २०७८
इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको खतरा

जाकार्ता ।  इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ । 

स्थानीय समय अनुसार बुधबार बिहान ११.४३ मा भूकम्प गएको थियो । भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् ।इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस