aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

असारे भेलमा बजेट बगाउँदै सरकारः १८ दिनमा ७८ अर्ब स्वाहा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ असार २०७६
असारे भेलमा बजेट बगाउँदै सरकारः १८ दिनमा ७८ अर्ब स्वाहा

काठमाडौं । वर्षैभरी हात बाँधेर बस्ने र असार अन्तिममा भने जथाभावी खर्च गरेर बजेट सकाउने सरकारको प्रवृत्तिले यो वर्ष पनि निरन्तरता पाएको छ । जेठ महिनासम्म दैनिक करोड हाराहारीमा विकास खर्च गरेको सरकारले असारमा भने अर्बभन्दा बढी खर्च गरिरहेको छ । 


यस्तो प्रवृत्ति इतिहासकै बलियो भनिएको दुईतिहाईको सरकारको पनि कार्यक्षमतामा प्रश्नचिन्ह उठेको छ । आर्थिक वर्षको अन्त्यमा खर्च हुँदा एकातर्फ अनुशानविपरीत भइरहेका गतिविधिप्रति सरकार मौन छ भने अर्कोतिर खर्चको उत्पादकत्व तथा असारे विकासको टिकाउपना र उपादेयतामा पनि प्रश्न उठेको छ । 

असार १८ गतेसम्म जम्मा ७८ अर्बभन्दा बढीको रकम खर्च भएको जनाइएको छ । चालू खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थामा यो रकम खर्च भएको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ । कारोबार दैनिकमा समाचार छ । 


 

प्रतिक्रिया दिनुहोस