aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कर तिर्ने समय थपियो, थपेको समयमा कर नतिरे जरिवना लाग्ने

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • विहीबार, ०३ असार २०७८
कर तिर्ने समय थपियो, थपेको समयमा कर नतिरे जरिवना लाग्ने

काठमाडौं । सरकारले व्यवसायीलाई कर तिर्ने समय थपेको छ । असार २५ सम्म कर तिर्ने म्याद थपिएको आन्तरिक राजस्व विभागले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

कोभिडको संक्रमण रोक्न विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण तोकिएको समयमा कर बुझाउन नसक्ने करदातामा पर्न गएको कठिनाइलाई दृष्टिगत गरी म्याद थपिएको जनाइएको छ । थपिएको समयमा चैत र वैशाख महिनाको कर बुझाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस