काठमाडौं । कोरोना भाइरसका नयाँ नयाँ स्वरूपहरू (म्युटेन्ट भेरियन्ट) आइरहेका बेला नोबेल पुरस्कार विजेता भाइरोलोजिस्ट लुस मोन्टाग्नियरले गरेको एउटा टिप्पणी अहिले निकै चर्चामा छ ।
केही समय अघि सन् २००८ का नोबेल पुरस्कार विजेता यी भाइरस विज्ञले एउटा अन्तर्वार्ताका क्रममा भने, ‘खोपकै कारण भाइरसका नयाँ नयाँ स्वरुप बनिरहेका हुन् ।’
उनले दिएको सो अन्तर्वार्ताको आरएआइआर फाउन्डेसन अमेरिकाले अनुवाद गरी प्रकाशित गरेपछि उनको सो टिप्पणीले अझ धेरै चर्चा पाएको हो । उनले कोरोना भाइरस प्राकृतिकरुपमा उत्पत्ति नभएर प्रयोगशालामा नै बनेको भन्ने केही गतिला प्रमाण र तर्कसहित कुरा राखेपछि फेसबुकले समेत उनलाई सेन्सरसिभ अलर्ट गराएको थियो ।
अहिले पश्चिमी सञ्चार माध्यमहरु नै त्यही विषयलाई निकै चर्चाका साथ उठाइरहेका छन् । जबकि एड्स विरुद्धको खोपका आविष्कारकर्ता यी वैज्ञानिकलाई त्यस बेला गलत र अविश्वासनिय हल्ला फैलाएको भन्दै सामाजिक सञ्जालले चेतावनी दिएको थियो ।
उनले कोरोना भाइरस विरुद्ध हाल जारी रहेको खोप अभियानलाई ‘स्विकार्नै नसकिने गल्ती’ भनेका छन् । यसरी एकै पटक ठुलो जनसंख्यालाई नयाँ खोप लगाउनु वैज्ञानिक र चिकित्सिय दुवै रूपले गलत हो ।
मोन्टाग्नियरले मानिसको शरीरमा रोग प्रतिरोधी कोषहरू खोपको कारण बनाउने हुँदा बाहिर रहेको भाइरससँग कि अर्को स्वरूप बदल्ने वा आफू मर्ने बाहेक अरू विकल्प नहुने भनेका छन् ।
उनले यस्तो अवस्थामा भाइरसहरूले नयाँ स्वरूपमा आफूलाई ढाल्ने हुँदा अहिले देखा परिरहेका नयाँ नयाँ भेरियन्टहरुको निर्माणमा पूर्णरुपमा खोप नै जिम्मेवार रहेको बताएका हुन् ।
आफ्नो भनाइलाई विश्वव्यापी समर्थन जुटाउनका लागि र यो महत्त्वपूर्ण विषयमा सबैलाई अवगत गराउनका लागि उनले युरोपियन मेडिसिन एजेन्सीका नाममा खुल्ला पत्र समेत लेखेका थिए ।
जुन पत्रको सुरुवात मै उनले भनेका छन्–अहिले विश्वभरिका स्वास्थ्य संस्थाहरूबाट कोरोना भाइरस विरुद्धको खोप लगाएका मानिसहरूमा यसबाट समस्या देखिएको समाचारहरू आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस