aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

अडानीले गुमाए एसियाका दोस्रो धनीको ताज, एक हप्तामै भयो ९ अर्ब डलर नोक्सान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ असार २०७८
अडानीले गुमाए एसियाका दोस्रो धनीको ताज, एक हप्तामै भयो ९ अर्ब डलर नोक्सान

काठमाडौं । गौतम अडानी अब एसियाका दोस्रो धनी रहेनन् । फेरि पुरानै तेस्रो स्थानमा अडानी पुग्दा चीनका झोङ सुनसान एसियाका दोस्रो धनी बनेका छन् । 

लगातार अडानी समूह अन्तर्गतका कम्पनीको शेयरमूल्यमा गिरावट आएपछि अडानीले केही हप्ताको अन्तरालमा ७० हजार करोड भारु सम्पत्ति गुमाएका छन् । 

विश्वका धनाढ्यहरूको सूची राख्ने ब्लुम्वर्क इन्डेक्सका अनुसार बुधवार मात्रै चार अर्ब डलर नेटवर्थ घट्दा अहिले अडानीको कूल सम्पत्ति ६७.६ अर्ब डलर रहेको छ । 

मुकेश अम्बानीलाई पछि पार्दै केही दिन भित्रमा एसियाका सर्वाधिक धनी बन्ने अनुमान गरिएका अडानीका कम्पनीहरूमा ठुलो वैदेशिक लगानी नभित्रिने भन्ने हल्ला आएका कारण सोमबारदेखि शेयर मूल्य घट्ने क्रम जारी छ । 

यसअघि ८४.५ अर्ब डलर नेटवर्क भएका मुकेश अम्बानीलाई सम्पत्तिको मामिलामा आछुआछु पारिरहेका अडानीको यो हप्ता मात्रै ९.४ अर्ब डलर सम्पत्ति घटेको हो । अघिल्लो हप्तासम्म उनको सम्पत्ति ७७ अर्ब डलर रहेको थियो । 

गएको सोमबार एकै दिन अडानी समूहका ६ वटा कम्पनीमा नेगेटिभ सर्किट लाग्दा सो समूहले ५० हजार करोड भारु एकै दिन गुमाएको थियो । बुधवार यस समूह अन्त्रगतका तीन वटा कम्पनीमा नकारात्मक सर्किट जारी रहेकोमा त्यो क्रमले निरन्तरता पाउँदा तीनै तीन कम्पनीहरूको शेयरमूल्यमा ५ प्रतिशतको नकारात्मक सर्किट बिहीबार पनि लागेको छ । 

 

 

प्रतिक्रिया दिनुहोस