aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

अब सांसदलाई पनि दसैंभत्ता !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ असार २०७६
अब सांसदलाई पनि दसैंभत्ता !

काठमाडौं । संघीय संसद्का सांसदले दसैंभत्ता मागेका छन् । जनताबाट चुनिएका सांसदले मासिक पारिश्रमिक त लिएकै छन् । उनीहरु कर्मचारीसरहको भत्तामा पनि लोभिएका छन् । उनीहरुको मागप्रति अर्थमन्त्री डा. युवराज खतिवडा पनि सकारात्मक देखिएका छन् । 

श्रमिकदेखि कर्मचारीसम्मले दसैंमा एक महिना बराबरको भत्ता पाउने तर आफुहरुले किन नपाउने भन्ने जिज्ञासा सांसदहरुको छ । सांसद र तिनका सचिवालयमा काम गर्ने कर्मचारीले दसैंभत्ता नपाउने गरेका कारण समस्या भएको सांसदहरुको तर्क छ । 

राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्गापन तथा सरकारी आश्वासन समिति बैठकमा सांसदहरुले आफ्नो सचिवालयका कर्मचारीलाई मात्रै भए पनि दसैंभत्ता उपलब्ध गराउन माग गरे । केही सांसदहरुले भत्ताकै लागि गिडगिडाउन नहुने बताएका थिए । 

सबै श्रमिक तथा सरकारी कर्मचारीले दसैंमा थप एक महिनाको तलबभत्ता पाउँछन्, राष्ट्रियसभा सदस्य विना पोख्रेलले भनिन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छापिएको छ । 

प्रतिक्रिया दिनुहोस