
काठमाडौँ। अमेरिकी वैज्ञानिकहरूले कोरोना भाइरसको उत्पत्ति बारे गत वर्ष नै गर्न खोजिएको अध्ययन तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण रोकिएको खुलासा गरेका छन्। केही समय अघि १८ जना वैज्ञानिकहरूको समूहले एक पत्र सार्वजनिक रूपमा प्रकाशित गरेर यस्तो खुलासा गरेका हुन्।
उनीहरूले 'ल्याब-लिक परिकल्पना' गत वर्ष मान्य भयो तर ट्रम्पको कारण त्यो गुपचुप पारिएको थियो भन्ने दाबी गरेका छन्। कोभिड १९ को उत्पत्तिमा गहन छानबिन गर्न माग गरिएको सो पत्रमा कोरोना भाइरस चीनको वुहान इन्स्टिच्युट अफ भाइरोलोजिबाट बाहिरिएको भन्ने आशङ्कालाई गम्भीरतापूर्वक लिन भनिएको छ।
एनबीसी न्युजका अनुसार अब एमआईटी र हार्वर्ड विश्वविद्यालयका आनुवंशिक विज्ञ एलिना चानलगायत ती वैज्ञानिकहरू धेरैले स्वीकार गरेका छन् कि त्यो बेला वैज्ञानिकहरूले ल्याब-चुहावट परिकल्पनालाई बेवास्ता गरे किनभने उनीहरू तत्कालीन राष्ट्रपति ट्रम्पसँग जोडिएर काम गर्न चाहँदैनथे। ट्रम्पको शासन रहेको बेलाको त्यो विवशताका कारण धेरै अघि नै खुल्न सक्ने कोरोना भाइरस उत्पत्ति सम्बन्धीको रहस्य अझै बाँकी नै रहेको एनबीसी न्युजले जनाएको छ।
समाचारमा जनाइए अनुसार चानले भने कि उनीहरूका शब्दहरू गलत अर्थ लगाउन सकिन्छ भन्ने डर थियो। त्यसै गरी आफ्नो कदमले कोरोनाभाइरस कसरी देखा पर्यो भन्ने सम्बन्धमा जातिवाद बयानबाजीलाई समर्थन गर्न सक्छ भन्ने डरले ल्याब चुहावट परिकल्पनालाई सार्वजनिक रूपमा छलफल गर्न उनीहरूले चाहेका थिएनन्।
तत्कालीन राष्ट्रपति ट्रम्पले वुहान इन्स्टिच्युट अफ भाइरोलजीरहेको सहरमा कोभिडको पहिलो सङ्क्रमण देखिएको हुनाले त्यो कोरोना भाइरसको नाम नै "वुवान भाइरस" वा 'कुंग फ्लू' भने। यसरी कहिले चिनियाँ भाइरस त कहिले कुंग फ्लू भनेर जातिगत भेद गर्ने काममा राष्ट्रपति नै लागेपछि यसको उत्पत्तिको बारेमा अध्ययन गर्ने काममा वैज्ञानिकहरूले चासो देखाएका थिएनन्।
हाल वैज्ञानिकहरूले भनेको यो कुराले झल्काउँछ कि केही वैज्ञानिकहरू जसले यस विषयलाई बेवास्ता गर्थे वा यसलाई खारेज गर्न लागेका थिए उनीहरू भाइरसको उद्भवको विषयमा अमेरिका र चीन बिच स्थायी अनिश्चितताहरूको साथ झगडा नहोस् भन्ने चाहन्थे। त्यसैले ट्रम्प प्रशासनको बेलामा यस्तो छलफललाई बादलले छोपिएको थियो।
जुन बेला विश्वले अमेरिकाले विज्ञानको शक्ति लगाएर यसको उत्पत्ति बारे खुलासा गरोस् भन्ने चाहेका थिए त्यो बेला वैज्ञानिकहरूले भने राजनीति गरे। यदि वैज्ञानिकहरूले त्यो बेला विज्ञानलाई पछ्याउन खोजेका थिए भने त्यसमा ठुलो राजनीतिक हुन्थ्यो। त्यसैले त्यतातिर वैज्ञानिकले ध्यान नै दिएनन् ।
"त्यस समयमा ट्रम्पसँग सहकार्य गर्नु भनेको कुनै जातीय विभेदलाई अगाडी बढाउने मानिसको लागि साधन बन्नु हुन्थ्यो। यो डरलाग्दो थियो, त्यसैले मानिसहरूले सार्वजनिक रूपमा प्रयोगशालाको उद्गमहरूको बारेमा छानबिनको लागि आह्वान गर्न चाहेनन्," चानले भने।
हालका महिनाहरूमा यस बारेमा आएका टिप्पणीहरूले चीनको पारदर्शिताको कमीलाई औँल्याइरहेका छन्। रिपोर्ट अनुसार तीन प्राथमिक सिद्धान्तहरू यसबारे अहिले प्रयुक्त देखिएका छन्।
एक, भाइरस सङ्क्रमित जनावरबाट मानिसमा सर्नु अघि स्वाभाविक रूपमा विकसित भएको थियो। दोस्रो, भाइरस प्राकृतिक रूपमा विकसित भएको हो, तर प्रयोगशालामा एक कर्मचारी भाइरसको सो नमुनाबाट सङ्क्रमित भए र गल्तीले समुदायमा यसको "चुहावट" भयो। तेस्रो, प्रयोगशालामा वैज्ञानिकहरूले भाइरसको नमुनाहरू हेरफेर गर्दै थिए र दुर्घटनावश वा जानाजानी यसलाई बाहिर छोडे।
डेली वायरले उल्लेख गरेझैँ कोभिड-१९ महामारीको उत्पत्तिमा ट्रम्प प्रशासनको अनुसन्धानको नेतृत्व गर्ने डेभिड आशेरले गत महिना एक अन्तर्वार्तामा भनेका थिए कि उनीसँग अमेरिकी सरकारका बायोस्ट्याटिस्टियनहरू छन् जसले कोरोनाभाइरसको समस्या प्रकृतिबाट विकसित हुँदै गएको भन्ने देखाउँछ।
यदि 'विज्ञान' ले राजनीति भन्दा तथ्यहरूमा बढी रुचि देखेको भए, आज हामी कोरोना उत्पत्तिको बारेमा जानकार भइसकेका हुने थियौँ। अनि यसको लागि को जिम्मेवार हुनुपर्छ भन्ने कुरा अहिले बहसको विषय बनिरहेको हुन्थ्यो।
प्रतिक्रिया दिनुहोस