
एजेन्सी । कोरोनाभाइरस महामारीको कारण गत वर्ष युद्ध र हिंसाबाट भागेका मानिसहरूको संख्या ८२ मिलियन पुगेको छ र विश्वव्यापी विस्थापनको संख्या वृद्धि निरन्तर भइरहेको छ । एक दशक अगाडि यो संख्या दोब्बर रहेको संयुक्त राष्ट्र संघले जनाएको छ ।
संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीको ताजा रिपोर्टले २०१२ मा रिकर्ड ब्रेकिंग वर्षपछि २०२० मा विश्व विस्थापनको आंकडा करीव तीन मिलियन ले वृद्धि भएको देखाएको छ । प्रतिवेदनले सिरिया, अफगानिस्तान, सोमालिया र यमनमा झेल्नु परेको संकटले कसरी मानिसहरूलाई भाग्न बाध्य पारिरहेको छ भनेर प्रकाश पारेको छ भने इथियोपिया र मोजाम्बिक जस्ता ठाउँहरूमा हिंसा भड्किरहेको कारण ठूलो विस्थापन भएको थियो ।
“महामारीको बेलामा,“अर्थव्यवस्थालगायत सबै कुरा बन्द भएको छ, तर युद्ध, द्वन्द्व, हिंसा र भेदभावले यी मानिसहरूलाई पक्रन बाध्य पार्ने सबै कारक जारी रहेका छन्, “युएनएचसीआर प्रमुख फिलिपो ग्रान्डीले भने ।
संयुक्त राष्ट्र एजेन्सीले सन् २०२० को अन्त्यसम्ममा ८२.४ मिलियन मानिस कुनै न कुनै कारणले घरबार विहिन हुने अनुमान गरेको छ । विश्वको विस्थापितको ४२ प्रतिशत केटीहरू र केटाहरु १८ वर्षमुनिका रहेको छन् । २०२० को अन्त्यमा करीव २६.४ मिलियन मानिस शरणार्थीको रूपमा थिए यसमा ५.७ मिलियन प्यालेष्टियन समेत थिए ।
२०२० मा कम्तिमा पनि १६० देशले आफ्नो सिमाना बन्द गरेका थिए । विश्वमा सबैभन्दा धेरै ३.७ मिलियन टर्कीमा रिफ्यूजि रहेका छन । त्यसपछि कोलम्बियामा १.७ मिलियन, पाकिस्तान र युगान्डामा १.४मिलियन रिप्mयूजी बस्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस