aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

अबको निषेधाज्ञाको मोडालिटी 'लुजडाउन', सवारी साधन सञ्चालन गर्न भने छलफल हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०५ असार २०७८
अबको निषेधाज्ञाको मोडालिटी 'लुजडाउन', सवारी साधन सञ्चालन गर्न भने छलफल हुने

काठमाडौं । उपत्यकाका तीन जिल्ला अधिकारीले पछिल्लो पटक एक साता थपिएको लकडाउन यहि सोमबार सकिदैछ । तीन जिल्लाका जिल्ला अधिकारीहरुले भने थप केही प्रावधानलाई खुकुलो बनाउँदै उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी गरेको छन । बजारलाई सामान्यकरण गर्दै लकडाउन खुकुलो बनाउने तयारीमा लागेपनि सवारी साधन चलाउन दिने विषयमा भने अन्यौल रहेको एक जिल्ला अधिकारीले बताए ।

 आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समिति (डिसीसीएमसी(को बैठकमा उपत्यकाको लकडाउनलाई कसरी लुजडाउन गर्ने र कुन कुन क्षेत्र खोल्न दिनेभन्ने विषयमा छलफल हुने ती अधिकारीले बताए । 

कोभिड–१९ निर्देशक समिति बैठकले अबका दिनमा ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । यसको मोडालिटी बनाउने जिम्मा कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)लाई छ । तर सीसीएमसीले अन्तिम निर्णय गरिसकेको छैन ।

बैशाख १६ गतेदेखि शुरु भएको निषेधाज्ञा असार ७ गते ५३ दिन पुग्दै छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण क्रमश कम हुँदै गएको र आर्थिक गतिविधिलाई गतिदिनलाई भएपनि लकडाउनको मोडालिटी परिवर्तन गर्न पर्नेमा तीनै जिल्लाका जिल्ला अधिकारी सहमत भएको तर कुन कुन क्षेत्रलाई सञ्चालन गर्न दिन भन्ने विषय भने सीसीएमसीको बैंठकपछि मात्र थाहा हुने  उनले बताए । 

प्रतिक्रिया दिनुहोस