
एजेन्सी। चीन अहिले त्यस्तो मुलुक भएको छ जहाँ चाहे राम्रो स्कुलमा भर्ना गर्ने कुरा होस वा सम्मानजनक जागिर पाउने कुरा हरेक मानिस जन्मे देखि नै एक किसिमको दौडमा फस्छ। त्यसैले हाल त्यहाँको युवा पीढीले कस्तो निराशाको सामना गर्नु परिरहेको छ भन्ने कुरा देखेका लाखौँ मानिस यो शृङ्खलालाई भत्काउन चाहन्छन्।
सन के नामक एक युवा सन् २०१७ मा कलेजबाट स्नातक पूरा गरेपछि उनी सपना पूरा गर्न शंघाई आएका थिए। राम्रो क्यारियर, एक कार र घर पनि उनको सपनामा थियो। यी २७ वर्षीय युवाले आफ्नो सपनाको बाटोमा यति धेरै कठिनाइहरू होलान् भन्ने सोचेका थिएनन्। उनका आमाबुवाहरूले पनि सबै सम्पत्ति शून्यबाट काम गरेर नै जोडेका थिए। अहिले उनीहरूको शंघाई नजिकैको सानो सहरमा केही सम्पत्ति छ।
सन केले २०१८ रेस्टुरेन्ट व्यवसाय सुरु गरे। तर चाँडै उनले महसुस गरे कि यो व्यापारमा ठुला ब्रान्ड र डेलिभरी प्लेटफर्महरूको दबदबा छ। दुई वर्ष व्यवसाय गरे पछि यस व्यापारमा उनको १० लाख युआन घाटा भयो। पछिल्लो वर्ष उनले त्यो व्यापार बन्द गरे।
हताश युवा पिँढी
सन के भन्छन् भने उनी "निराश" भएका छन्। चीनमा यो पुस्ताका अन्य युवाहरू समेत निराश भइरहेका छन्। चिनियाँ भाषामा यसका लागि विशेष रूपमा 'नेइजुआन' शब्द प्रयोग गर्ने गरिन्छ।
चीनमा गत वर्ष यो प्रवृत्ति देशको सबैभन्दा उच्च मानिएको विश्वविद्यालय क्याम्पसमा देखियो। जब कडा मेहनतका सवालमा विद्यार्थीहरू ओभर बोर्डमा जाँदै गर्दाको तस्बिरहरू इन्टरनेटमा वायरल भए।
गत वर्षमा वायरल भएको एउटा तस्बिर त्सिंगुआ विश्वविद्यालयका एक विद्यार्थीको फोटो थियो जसमा उनी साइकल चलाउँदै ल्यापटपमा काम गरिरहेको देखिन्थ्यो। यस विद्यार्थीलाई 'त्सिंगुआको नेइजुआन किंग' भनेर चिनिन्छ।
यो चीनको सोसल मिडिया प्लेटफर्म विबोमा ह्यासट्याग सहित एक अरब भन्दा बढी पटक हेरिएको थियो। गत वर्ष चीनको दस सबैभन्दा लोकप्रिय शब्दहरूमा पनि यो शब्द समावेश गरिएको थियो।
गए सुखका दिन
अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर बियाओ जियांग भन्छन्, "चीनका युवाहरूलाई अझै पनि लाग्छ कि उनीहरूले कडा परिश्रम गरेनन् वा प्रतिस्पर्धामा भाग लिएनन् भने समाजले उनीहरूलाई निकालिदिनेछ। तर पटक पटकको प्रयासका वाबजुध त्यहाँ कुनै सफलता देखिदैन।"
सन भन्छन्, "हाम्रा अभिभावकको पुस्ताले पनि चुनौतीहरूको सामना गर्नु पर्यो तर उनीहरूका आफ्नै अवसरहरू पनि थिए। सबै कुरा नयाँ थियो। तपाईँसँग नयाँ विचार र उनीहरूको पछि लाग्ने हिम्मत भएसम्म सफलता पनि धेरै सम्भाव्यता थियो।"
यो होइन कि यो अवधारणा केवल चीनमा लागू हुन्छ। धेरै विकसित देशहरूमा एक पुस्ता यस अवस्थाको माध्यमबाट गुज्रिएको छ र सफलताको स्वाद लिएको छ। तर चीनको समस्या यो हो कि ती 'सुनौलो दिनहरू' यती छिटो बितिसकेका छ कि तीनका सम्झनाहरू जनताको दिमागमा ताजा छन्।
यसको मतलब यो छ कि सन जस्ता युवा पुस्ता उनीहरूका अभिभावकहरूको सफलताको साक्षी हुन्। उनले देखेका छन् कि कसरी उसकी आमाले सबै चीजहरू सुरुबाट थालेर पनि सफल भएकी थिइन्।
धनी प्रति चीनमा जन आक्रोश
क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेका प्राध्यापक डा. फांग सु भन्छन्, "उनका आमा बुबा वा छिमेकी जो उनी भन्दा दश वर्ष भन्दा जेठो हुन सक्छन् तिनीहरूले व्यवसायबाट धेरै नाफा कमाए। तर अब त्यो ढोका बन्द भएको छ। "नयाँ पुस्तासँग पहिले जस्तो सम्भावना छैन।"
अरबपतिहरूको सङ्ख्याका आधारमा चीन विश्वको दोस्रो ठुलो देश हो। तर यसको साथसाथै यस देशमा ६० करोड यस्ता मानिस छन् जसको मासिक आम्दानी मात्र १००० युआन छ।
चीनमा गरिब र धनी बिचको खाडलका कारण युवाहरूले आफ्ना रोजगारदाताहरू विरुद्ध असन्तुष्टिको बढ्दो भावनालाई बढवा दिइरहेका छन्। युवा पुस्तालाई लाग्छ कि उनीहरूको सङ्घर्षलाई कम्पनीको माथिल्लो तहमा रहेका मानिसहरूले बुझ्दैनन्। (बीबीसी लगायतका समाचार संस्थाको सहयोगमा)
प्रतिक्रिया दिनुहोस