
काठमाडौं । चालू आर्थिक वर्षको बैशाख महिनाको कुल राजस्वमा आयकर र गैरकरको हिस्सा घटेको छ । आचू आवको बैशाखसम्मको कुल राजस्वमा भन्सार महशुल, अन्तशुल्क र अन्य करको हिस्सा गत वर्षको अवधिमा तुलनामा वृद्धि भएको छ भने आयकर र गैरकर घटेको छ ।
बैंशाखसम्ममा संघीय सरकारको राजस्व परिचालन (बाँडफाँट अघिको रोयल्टी समेत) अघिल्लो आर्थिक वर्षको सोहि अवधिको ५ खर्ब ३७ अर्ब २५ करोड अर्थात २४.९ प्रतिशतले वृद्धि भएर ६ खर्ब ७० अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, सोहि अवधिमा प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने कर राजस्व गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २९.६ प्रतिशतले वृद्धि भइ ९० अर्ब १८ करोड पुगेको छ ।
प्रतिक्रिया दिनुहोस