aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

काश्मिरका सबै रेल स्टेशनमा निःशुल्क वाइफाइ सेवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ असार २०७८
काश्मिरका सबै रेल स्टेशनमा निःशुल्क वाइफाइ सेवा

नयाँ दिल्ली । भारतको काश्मिर क्षेत्रका सबै रेल स्टेशनहरुमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराइएको छ । राजधानी श्रीनगरमा रहेको स्टेशनसहित काश्मिर क्षेत्रका छ हजार २१ स्टेशनमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराइएको भारतीय रेलवे मन्त्रालयले जनाएको छ ।   

मन्त्रालयका अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार इन्टरनेट सेवाप्रदायक विभिन्न संस्थाहरुका इन्टरनेट सेवा ती स्टेशनहरुमा उपलब्ध गराइएको हो । 

रेलवे मन्त्री पियुष गोयलले ग्रामीण तथा शहरी क्षेत्रका जनतालाई जोड्न इन्टरनेटले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उनले रेल यात्रुहरुलाई रेल सेवा सुविधाजनक बनाउन पनि सहयोग पुग्ने उल्लेख गरिएको छ । एएनआई

प्रतिक्रिया दिनुहोस