
एजेन्सी। डिसेम्बर, २०२० मा अमेरिकी सेनेटको आन्तरिक सुरक्षा र सरकारी मामिला समितिले कोभिड-१९ विरुद्ध कसरी लड्ने भन्ने विषयमा मेडिकल प्रतिक्रिया लिन एक सुनुवाइ कार्यक्रम राख्यो। चर्चित पल्मोनोलोजिष्ट डा. पियरे कोरी पनि त्यसमा सहभागी थिए।
"हामीसँग यस सङ्कटको समाधान छ," उनले थप स्पष्ट पार्दै भने, "त्यहाँ एउटा औषधि छ जसले चमत्कारपूर्ण प्रभाव पार्छ र हामीलाई कोरोना सङ्कटबाट मुक्त पार्छ।"
कोरीले एफडीए-अनुमोदित औषधिको नाम भने, जसलाई इभर्मेक्टिन भनिन्छ। इभर्मेक्टिन यस्तो औषधी हो जुन परजीवीबाट लाग्ने रोगहरू निको पार्न प्रयोग गरिँदै आएको छ। यसको खोजकर्ता सतोशी इमुरालाई सन् २०१५ यही उपलब्धिको लागि नोबेल पुरस्कार समेत प्राप्त भएको थियो। कोभिड-१९ विरुद्ध यसले सञ्जीवनी बुटीको काम गर्ने धेरै डाक्टरहरूले थाहा पाइसकेका थिए।
कोरीले सेनेटमा गुनासो गरे, "जब हामी इभर्मेक्टिनको उल्लेख गर्छौँ, हामी फेसबुकको जेलमा पर्छौँ।" उनले विज्ञान 'क्याच -२२' (क्याच -२२ ले एउटा त्यस्तो विरोधाभासी स्थितिलाई जनाउँछ जहाँ रहेका विवादास्पद नियम वा सीमितताको कारण कुनै व्यक्ति उम्कन सक्दैन) को पासोमा परेको समेत बताए।
त्यस्तो विरोधाभास कहाँ देखियो भने जब विश्व अभूतपूर्व प्रकोपसँग जुध्दै थियो सिलिकन भ्यालीले सम्भावित समाधानको छलफललाई अस्वीकार गर्ने निर्णय गरिसकेको थियो। त्यसैले सामाजिक सञ्जालमा यस्ता कुराको छलफल र बहस लगभग प्रतिबन्धित नै थिए। पर्याप्त अनुसन्धान र अध्ययन भई नसकेको बहानामा यसरी सत्यलाई बाहिर आउँ नदिएको विरुद्ध पनि कोरी बोले।
कोरीले समितिका सभापतिलाई भने, "म सम्मानका साथ प्रयास गर्न चाहन्छु किनभने मेरो यो अभिप्राय सही छ। उनीहरू गलत सूचनालाई काट्न चाहन्छन्, र धेरै डाक्टरहरूले यो रोगमा एक्स, वाई, र जेड काम गरेको दाबी गरिरहेका छन्। चुनौती यो छ, हामी जो यो विषयमा निपुण छौँ, जो विज्ञ हौँ, अनुसन्धान गरेका छौँ र यसबारेको ज्ञान छ तर हाम्रो कुरा बाहिर आउन दिइँदैन।"
त्यो बेला आठ लाख मान्छेले कोरीको यो कुरा सुने जब सो सुनवाइको भिडियोमा युट्युबमा पोस्ट गरियो। तर युट्युबले सुनुवाइको भिडियो पछि हटायो किनकि सिनेटको त्यो छलफल समेत सार्वजनिक उपभोगका लागि अत्यन्त खतरनाक छ भनियो। युट्युबले पछि विस्कॉन्सिन सेनेटरलाई समेत त्यहाँबाट निलम्बित गर्यो जसले कोरीलाई सुनुवाइको लागि आमन्त्रित गरेका थिए।
जब कोरी कोरोना विरुद्धको औषधी पत्ता लागिसकेको बताउन पोडकास्टमा गए र आफ्ना कुरा भन्न थाले त्यसपछि युट्युबले ती भिडियोहरू पनि हटायो। कोरीलाई तर्साउने भूत व्यवहार गर्न थालियो र इन्टरनेटको दुनियाँमा उनले आफ्नो कुरा राख्न पाएनन्।
परिणाम यो भयो कि इभर्मेक्टिन जस्तो कोभिड विरुद्धको युद्धमा रामवाण साबित हुनसक्ने औषधीबारे कुरा गर्नुलाई अपराध गर्नु जस्तो पारियो। यसलाई त्यही स्तरमा राखियो जस्तो कुनै गलत सूचना सम्प्रेषण गर्ने, विदेशीबारे गलत सूचना, घृणायुक्त भाषण र भड्काउने कुरा गर्नेलाई गरिन्छ। इभर्मेक्टिनको समर्थनमा बयान दिँदा रिपब्लिकन सेनेटर युट्युबलाई निलम्बन गरिएको थियो। उनलाई त्यसरी नै युट्युबले हटायो जसरी रोन जोनसनलाई पनि ६ जनवरीको दङ्गालाई विद्रोह नभएको भन्दै प्रेसमा निन्दा गरेपछि हटाएको थियो।
तर, राजनीतिमा त्यति ध्यान नदिने डाक्टर र तिनका संगठनहरूले इभेरमेक्टिनको पक्षमा बोल्न छाडेनन्। ब्रिटिस इभेरमेक्टिन सिफारिस विकास बोर्ड (बीआईआरडी) का डा. टेस लोरी देखि क्यालिफोर्नियाका पल्मोनोलजिष्ट रोजर सेहल्टसम्म धेरैले यसको प्रभावकारिता बारे कुरा राखिरहे। फेरि पनि उनीहरूले आफ्ना कुरा राख्ने गरेका प्लेटफार्महरू अकस्मात् घृणायुक्त बोली वा धम्कीमा लागू हुने नियमका आधारमा बन्द गरिए। क्यालिफोर्नियाको प्रोगेनाबायोम आनुवंशिक अनुक्रमण प्रयोगशालाको सिइओ तथा गैस्ट्रोएन्टेरोलोजिष्ट डा. सबिन हजानको हकमा पनि यही भयो। उनी आइभर्मेक्टिनको प्रयोग गरेकी थिइन् जब उनी कोभिड १९ बिरामीहरूको उपचार गर्दै थिइन्।
“म डाक्टर हुँ। मेरो केही काम छैन। यदि म केही गर्न चाहन्न भने के म शैम्पू बेच्दै छु ? "हसन भन्छिन् । जब बिरामीहरू वास्तवमै अप्ठ्यारोमा थिए उनले सबै चीजहरू प्रयोग गरिन् आइभरमेक्टिन सहित धेरै औषधिहरूले उपचार गरिन् । अन्ततः उनले इभरमेक्टिन र हाइड्रोक्सीक्लोरोक्विन जस्ता अफ-पेटन्ट औषधीको क्लिनिकल परीक्षणहरू गरिन्। त्यसमा सफलता देखियो। तर, नाफा खाने र महामारीको बहानामा ठुलो रकम कमाउने योजना बनाएका कर्पोरेट व्यापारी र खोप उत्पादकहरू यो समाचार बाहिर आउन नदिने प्रयासमा छन्।
"मैले महसुस गरेँ, कसैले पनि सस्तो समाधान खोजिरहेको छैन, त्यसैले मैले यो आफैँ गरेँ," उनी भन्छिन्। केही हप्ता अघि डा. हजान आइतबार बिहान बिहान चिकित्सकहरूको एउटा समूहलाई भेट्न गएकी थिइन् जसमा विट्रो इभेरमेक्टिन अध्ययनमा लागेका चिकित्सक डा. काइली वागस्टाफ, जिम्बावेका चिकित्सक ज्याकी स्टोन र अन्य व्यक्तिहरू थिए।
उनीहरूले गरेको कुराकानी युट्युबमा अपलोड गरे, तर हेर्नुहोस्, यो तल सारियो। यो आश्चर्यजनक छ। यी डाक्टरहरू कुरा गर्दैछन्। यो केही बिक्री गर्ने कुराकानी होइन। तरपनि युट्युबलाई आपत्ति छ। ”
यो पनि पढ्नुहोस् : 'आइभरमेक्टिन'ले कोरोना निको पार्यो, भारतका डाक्टर अनपेक्षित नतिजाबाट दङ्ग
प्रतिक्रिया दिनुहोस