
काठमाडौं । लिवियामा मंगलबार भएको हवाई आक्रमणमा परेर एक नेपाली पनि मारिएका छन् । आप्रवासी हिरासत केन्द्रमा हवाई आक्रमण हुँदा सन्तोष श्रेष्ठको मृत्यु भएको कायरोमा रहेको नेपाली दूतावासले जनाएको छ । हिरासतमा रहेका अन्य १४ जना नेपाली भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।
आक्रमणमा घाइते उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको नेपालको ठेगाना कहाँ र उनी कसरी लिबिया पुगे भन्ने खुल्न नसकेको दूतावासले जनाएको छ ।
लिबियाको राजधानी त्रिपोलीको पूर्वी क्षेत्रमा रहेको आप्रवासी हिरासत केन्द्रमा मंगलबार हवाई आक्रमण हुँदा ४० जनाको मृत्यु भएको थियो । आक्रमणमा परी ८० भन्दा बढी घाइते भएका थिए ।
आप्रवासीहरुको अन्तर्राष्ट्रिय संगठन आईओएम लिबियाले दुई दिनअघि श्रेष्ठसँग सम्बन्धित ट्राभल डकुमेन्ट माग्दै पत्राचार गरेको थियो । पत्राचारपछि दूतावासले उनको कागजात इमेलमार्फत आईओएम इजिप्टलाई पठाएको थियो र इजिप्टले लिबिया ।
आप्रवासी हिरासत केन्द्रमै अन्य १४ नेपाली पनि थिए । तर, उनीहरु भागेर ज्यान बचाउँन सफल भएका हुन् । लिबियाबाट पछिल्लो २ महिनामा २६ नेपालीलाई उद्धार गरेको नेपाल फकाईसकिएको छ । अझै १२ जना नेपाल फर्किने तयारीमा छन् ।
मानव तस्करहरुले इटाली पुर्याउन लिबियाको बाटो प्रयोग गर्दै आएका छन् । उनीहरुलाई लिबियामा खटिएका नेपाली शान्ति सेनाले सहयोग गर्दै आएको छ । शान्ति सेनाले मानव तस्करको जालोमा परेका नेपालीहरुको उद्दार गर्ने, सहायता गर्ने काम गर्दै आएको छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस