aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

उदयपुरमा थपियो निषेधाज्ञा: पसलहरु बेलुका ६ बजेसम्म खुल्ने, निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ असार २०७८
उदयपुरमा थपियो निषेधाज्ञा: पसलहरु बेलुका ६ बजेसम्म खुल्ने, निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने

उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले कोरोना संक्रमण फैलन नदिनका लागि जिल्लामा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी तुलसी राम सेडाईले निषेधाज्ञाको आदेश असार १४ गते राती १२ बजेसम्मका लागि जारी गरेका हुन् ।

जारी निषेधाज्ञामा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सबै प्रकारका पसलहरु बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ला गर्न पाइने जनाइएको छ । त्यस्तै, निजी सवारी साधन पनि जिल्ला भित्र सञ्चालन गर्न पाइने भएको छ भने सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि सञ्चालन गर्न खुला गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।   

साथै, कोही कसैले आदेशको बर्खिलाप हुने गरि काम कारबाही गरेमा प्रचलित कानुन अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।  

यी हुन् गर्न पाइने र नपाइने कार्यहरु 

प्रतिक्रिया दिनुहोस