
काठमाडौं । नेपालको पहिलो सुचना प्रविधि कलेज लर्ड बुद्ध एजुकेसन फाउण्डेसन(एलबीएफ) क्याम्पसका संस्थापक परमानन्द केजरीवालको निधन भएको छ । ६६ वर्षको उमेरमा काठमाण्डौंमा आईतवारका दिन असामयिक निधन भएको उनको परिवारले जनाएको छ ।
केजरीवालको जन्म १२ जुलाई १९५५ मा जनकपुरधाममा भएको थियो । शिक्षाप्रेमी केजरीवालले नेपालमा आधुनिक शिक्षा को विकास गर्नको लागि सन् १९९८ मा लर्ड बुद्ध एजुकेसन फाउण्डेसनको स्थापना गरेका थिए ।
लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सूचना प्रविधि, व्यापार व्यवस्थापन र जैविक प्रविधि जस्ता अत्याधुनिक विषयहरुको पठन पाठन गर्दै आइरहेको छ । संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ ।
प्रतिक्रिया दिनुहोस