
एजेन्सी । २०२० मा भारतमा ६४ अरब अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। यो लगानी विगतका वर्षमा भन्दा २७ प्रतिशत ले वृद्धि भएको हो। सबै भन्दा धेरै लगानी सूचना तथा सञ्चार टेक्नोलोजी (आईसीटी) उद्योगमा भएको छ। यसका साथै भारत एफडीआई सूची मा पाँचौं स्थानमा उक्लिएको छ।
संयुक्त राष्ट्र व्यापार र विकास सम्मेलन (युएनसीटीएडी) द्वारा तयार गरिएको र सोमबार जारी गरिएको, विश्व लगानी रिपोर्ट २०२१ ( सस्टेनेबल रिकभरीमा लगानीु नामक रिपोर्ट भनिए अनुसार महामारी का कारण विश्वव्यापी अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ जसका कारण गत वर्षको १.५ खरब अमेरिकी डलर को अर्थतन्त्र घटेर यस वर्ष १ खर्ब अमेरिकी डलर मा सीमित भएको छ।
यस रिपोर्ट अनुसार विश्वभर कोविड १९ महामारीका कारण गरिएको लकडाउनले विद्यमान लगानी परियोजनाहरूलाई सुस्त बनाएको छ र मन्दीको कारण बहुराष्ट्रिय उद्यमहरू(एमएनई) लाई नयाँ परियोजनाहरूको पुनर्मूल्याङ्कन गर्न बाध्य बनाएको छ। यध्यपी भारतमा भने प्रत्यक्ष वैदेशिक लगानी सन् २०१९ को ५१ अरब अमेरिकी डलर बाट बढेर २०२० मा ६४ अरब अमेरिकी डलर पुगेको छ।युएनसीटीएडको रिपोर्टले उल्लेख गरे अनुसार भारत एफडीआई सूची मा पाँचौं स्थानमा उक्लिएको छ।
कोविड महामारी सँग संघर्षत भारतमा भने आईसीटी (सफ्टवेयर र हार्डवेयर) र निर्माण क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी ह्वात्तै बढेको छ। संयुक्त राष्ट्रको रिपोर्ट अनुसार आईसीटी, स्वास्थ्य, पूर्वाधार र ऊर्जा लगायतका ठूला कारोबार सहित सीमापार लीनता र लगानी ८३ प्रतिशत ले बढेर २७ अरब अमेरिकी डलर पुगेको छ।
प्रमुख रुपमा जाधु जियो प्लेटफर्म(फेसबुक)संयुक्त राज्य अमेरिकाको सहायक कम्पनी० ले ५.७ अरब अमेरिकी डलर लगानी भित्र्याएको छ। त्यस्तै ब्रूकफील्ड (क्यानाडा) र जीआईसी (सिंगापुर) को टावर इन्फ्रास्ट्रक्चर ट्रस्टले ३.७ अरब अमेरिकी डलर, र लार्सन र टुब्रो भारतको बिजुली र ऑटोमेसन विभाग ले २.१ अर्ब अमेरिकी डलर लगानी भित्र्याएको छ।
साथै वैश्विक लगानी रिपोर्ट अनुसार युनिलिभर इंडियाको ग्लैक्सोस्मिथक्लाइन कंज्युमर हेल्थकेयर इंडिया(जीएसके यूनाइटेड किंगडमको सहायक कम्पनी) का साथ ४।६ अरब अमेरिकी डलर को लीनताका कारण पनि भारतमा प्रत्यक्ष वैदेशिक लगानी यति धेरै मात्रामा भित्रिएको हो।
विशाल अनलाइन रिटेल कम्पनी अमेजनले ले पनि भारतको आईसीटी पूर्वाधारमा २.८ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। प्रतिवेदनले जनाए अनुसार दक्षिण एसियामा प्रत्यक्ष वैदेशिक लगानी २० प्रतिशत ले बढेर ७१ अरब पुगेको छ जसमा मुख्य योगदान भारतको रहेको छ।
भारतबाट लगानी कम भएको कारण दक्षिण एसियाबाट प्रत्यक्ष वैदेशिक लगानी बहिर्गमन १२ प्रतिशत ले घटेर जम्मा १२ अरब अमेरिकी डलर पुगेको छ। एएफडीआई बहिर्गमन सूचीमा भारत विश्वको २० अर्थतन्त्रमध्ये १८ औं स्थानमा रहेको रिपोर्टले जनाएको छ। भारतको एएफडीआई बहिर्गमन २०१९ को १३ अरब अमेरिकी डलर बाट घटेर २०२०मा १२ अरब अमेरिकी डलर पुगेको छ।
यसका अनुसार २०२० मा एसिया मा सबै भन्दा बढी एफडीआई प्रवाह भएको छ मुख्यतया विकासशील राष्ट्रमा लगानी भित्रिएको छ। सो लगानी २०२० मा ४ प्रतिशत ले बढेर ५ सय ३५ अर्ब अमेरिकी डलर पुगेको छ। एसियाले विश्वव्यापी प्रवाहको ५४ प्रतिशत भाग ओगटेको छ। जसकारण एसिया एक मात्र यस्तो क्षेत्रको रुपमा उभरेको छ जहाँ यति धेरै लगानी एकै वर्षमा भित्रिन सफल भएको छ।
युएनसीटीएडी लगानी रिपोर्टले जनाए अनुसार चीनमा पनि एफडीआई ६ प्रतिशतले वृद्धि भई १ सय ४९ अर्ब अमेरिकी डलर पुगेको छ। जहाँ एसियाका विकासशील मुलुक चीन र भारतमा २०२० मा एफडीआई प्रवाह बढेको छ भने अन्य मुलुकमा भने यस्तो हुन सकेको छैन। इण्डिया न्युजनेटवर्क
प्रतिक्रिया दिनुहोस