
एजेन्सी । सडक यातायात र राजमार्ग तथा लघु, साना र मझौला उद्योग मन्त्री नितिन गडकरीले पेट्रोल र डिजेलको सस्तो र उत्तम विकल्पको रूपमा इथानोल र जैविक इन्धनको प्रयोग गर्न वकालत गरेका छन्। आइतबार रोटरी जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्रीले ८ देखि १० दिन भित्र गाडी उद्योगलाई फ्लेक्स इन्जिन बनाउन अनिवार्य गरिने बताएका छन्।
उपभोक्तालाई १०० प्रतिशत पेट्रोल वा १०० प्रतिशत इथानोल र जैव ईन्धन प्रयोग गर्ने विकल्प दिइनेछ। उनले आयात विकल्प, लागत प्रभावी, प्रदूषण रहित र स्वदेशी भएका कारण पेट्रोलको तुलनामा इथानोल राम्रो ईन्धन भएको बताएका छन्।
देशमा चामल अधिशेष, मकै अधिशेष, चीनी अधिशेष र गँहु अधिशेष थुप्रै भएकाले इथानोल र जैव इन्धनको प्रयोगलाई प्रोत्साहित गर्दा भारतीय अर्थतन्त्र बृद्धि हुने मन्त्री ले बताएका छन्।
मन्त्रीले सरकारले किसानको आम्दानी दोब्बर गर्ने, मेक इन इन्डियालाई बढावा दिने, विज्ञान र टेक्नोलोजीको स्तरवृद्धि गर्ने र नवविद्युत्करण गर्ने र व्यापार गर्न सहज बनाउने दिशामा काम गरिरहेको पनि बताएका छन्।
केन्द्रीय मन्त्रीले उर्जा क्षेत्रमा कृषिको विविधीकरण गर्नाले प्रदूषण घट्ने, किसानको आय स्रोत बढ्ने, र देशभर कृषि आधारित उद्योगको निर्माणमा बढावा मिल्ने भएकाले यो कदम निकै महत्त्वपूर्ण रहेको बताएका छन्।
गडकरीले जैविक खेतीको वकालत गर्दै भारतले आफ्ना कृषि उत्पादनहरू विश्वभर निर्यात गर्नु पर्ने पनि बताए। आत्मानीर्भर भारतु को सम्बन्धमा उनले यस्तो पहल पछाडि हाम्रो भावना देशको निर्यात बढाउनु र ूहामी जे आयात गर्दैछौंू त्यसको भारतीय विकल्प खोज्नु रहेको बताए ।
ुसबका साथ, सबका विकासु को दर्शन र सक्रिय पहलबाट सरकारले लगानी, आर्थिक बृद्धि र अधिक रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको पनि उनले बताएका थिए।
गडकरीले लचिलो र समावेशी समयबद्ध निर्णय लिने प्रक्रियाले पारदर्शी र विकासको नेतृत्वमा पर्यावरणीय प्रणालीले प्रशंसनीय, समृद्ध, मजबूत र एकतामा योगदान पुर्याउने पनि बताए। मन्त्रीले एमएसएमई क्षेत्रले आगामी पाँच बर्षमा पाँच करोड भन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको पनि बताए।
प्रतिक्रिया दिनुहोस