aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

बिटक्वाइनको मूल्यमा भारी गिरावट, चीनको कारण सबै  क्रिप्टोकरेन्सीमा पर्‍यो मार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ असार २०७८
बिटक्वाइनको मूल्यमा भारी गिरावट, चीनको कारण सबै  क्रिप्टोकरेन्सीमा पर्‍यो मार

एजेन्सी। अमेरिका, बेलायत पछि चीनमा पनि अब क्रिप्टोकरेन्सीमा कडाइ गरिएपछि बिटक्वाइनको मूल्यमा आइतबार एकै दिन १० ली गिरावट आएको छ। अन्य प्रचलित  क्रिप्टोकरेन्सीको मूल्यमा पनि औसत ७ प्रतिशतले कमि आएको देखिन्छ। 

यसका कारोबारीहरूले यस वर्षको अन्त्यसम्ममा बिटक्वाइनको मूल्य १ लाख ३५ हजार डलर पुग्ने अनुमान लगाइरहेका बेला यस्तो गिरावट देखिएको हो। 

बिटक्वाइनको मूल्य आज आइतबार ३२ हजार ९४  छ । केही महिना अघि अर्थात् अप्रिलमा यसको मूल्य ६५ हजार डलर थियो। त्यसयता घट्ने क्रम जारी रहँदा मूल्य आधामा झरेको हो। त्यसै गरी इथेरियमको २१३२ डलरमा झरेको छ। 

चिनियाँ नियामक निकायले बिटक्वाइन माइनिङ (खानी)को विषयमा छानबिनको कुरा अगाडी बढाएपछि यसको मूल्यमा भारी गिरावट आएको हो। बिटक्वाइन सबैभन्दा लोकप्रिय डिजिटल मुद्रा हो। क्रिप्टोकरन्सीको चीनमा ठुलो व्यवसाय हो। विश्वको बिटक्वाइन उत्पादनको आधा हिस्सा चीनको हो। चीनको क्रिप्टोकरन्सी खानीमा रोक लगाउने त्यहाँको सरकारको योजना छ। चीनको सिचुआनको दक्षिणी क्षेत्रको एक क्रिप्टोकरन्सी (माइनिङ) खानी बन्द गर्न आदेश गरिएको छ। यो चीनको सबैभन्दा ठुलो क्रिप्टोकरन्सी (माइनिङ) केन्द्र हो।

यद्यपि भेन्चर क्यापिटल फण्डले यस क्षेत्रमा काम गरिरहेका कम्पनीहरूमा यस वर्ष मात्र १७ अर्ब डलर लगानी गरिसकेको छ। यो लगानी पछिल्ला केही वर्षहरूमा गरिएको सबैभन्दा बढी लगानी हो । गत हप्ता क्रिप्टोकरन्सी मूल्यहरूमा ठुलो गिरावट आएको थियो। यद्यपि छोटो समयका व्यापारीहरू यसमा ट्रेड गरिरहेका छन् र यसले यसको भोल्युम बढाउँदै छ।

यद्यपि यो ठुलो गिरावट पछि पनि, यो विश्वास गरिन्छ कि अगस्टसम्म बिटक्वाइनको मूल्य ४७ हजार डलरमा जान्छ। स्टक-टू-फ्लो बिटक्वाइन मूल्य पूर्वानुमान मोडेलका निर्माताले भनेका छन् कि सेप्टेम्बरमा बिटक्वाइनको लागि सबैभन्दा खराब देखिने छ जुन बेला ४३ हजारमा कारोबार हुनेछ । अक्टोबरमा६५ हजार डलरमा फेरी पुगेर नोभेम्बरमा ९८ हजार डलर हुँदै वर्षको अन्त्यसम्म १ लाख ३५ हजार डलर पुग्नेछ।

प्रतिक्रिया दिनुहोस