aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

२१ जना मन्त्रीलाई पदमुक्त गर्न सर्वोच्चको  आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ असार २०७८
२१ जना मन्त्रीलाई पदमुक्त गर्न सर्वोच्चको  आदेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सामेल भएका नयाँ मन्त्रीहरुको पदमुक्त गर्न सवोच्च अदालतले आदेश दिएको छ । प्रतिनिधिसभा विघटनपछि  विस्तार गरिएको मन्त्रिपरिषद विस्तारमा २१ जना मन्त्री नियुक्त भएका थिए ।

 मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासलेको पलमुक्त गर्न आदेश दिएका हुन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायत नौ जनाले राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई विपक्षी बनाएर सो रिट दायर गरेका थिए । 

अब सरकारमा प्रधानमन्त्री ओली, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङमात्रै बहाल रहेन छन् । ३ उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ राज्यमन्त्रीले जेठ २१ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए। त्यस्तै गत जेठ २७ गते गृहमन्त्री खगराज अधिकारीसहित ७ मन्त्रीले सपथ लिएका थिए । 

प्रतिक्रिया दिनुहोस