aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

करीब ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • बुधबार, ०९ असार २०७८
करीब ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले करीब ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधामन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलवार सम्पन्न बोर्डको ४७औं बैठकले विभिन्न आयोजनाका गरी करीब ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।

बैठकले अनुमानित लागत ५४ करोड अमेरिकी डलर रहेको माथिल्लो तमोर जलविद्युत् परियोजना ९२८५ मेगावाट० र अनुमानित लागत रू। ३३ अर्ब ४१ करोड ४० लाख रहेको तल्लो मनाङ–मर्स्याङ्दी जलविद्युत् परियोजना ९१३९।२ मेगावाट० गरी दुईओटा जलविद्युत् परियोजनाको कुल रू। करीब ९७ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ ।

यसै गरी सार्वजनिक–निजी साझेदारी अवधारणामा झापाको दमकमा निर्माण हुने गरी प्रस्ताव गरिएको मुलुककै सबैभन्दा ठूलो औद्योगिक पार्क–चाइना नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्कको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरी विकासकर्तासँग परियोजना विकास सम्झौताका लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशनसमेत दिइएको छ ।

बैठकले संखुवासभा जिल्लामा निर्माण हुने तल्लो अरुण जलविद्युत् परियोजना ९६७९ मेगावाट० को विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभीएन लिमिटेड भारतसँग गरिने समझदारी–पत्रको मस्यौदा पनि स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस