aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बैंकको १४ हजार करोड ठगेर भागेका नीरव मोदीलाई भारत ल्याउने बाटो खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० असार २०७८
बैंकको १४ हजार करोड ठगेर भागेका नीरव मोदीलाई भारत ल्याउने बाटो खुल्यो

एजेन्सी। भारतका भगौडा व्यापारी नीरव मोदीलाई बेलायतले भारतलाई प्रत्यर्पण गर्ने भएको छ। आफ्नो भारत प्रत्यर्पण रोक्नको लागि बेलायतको अदालतमा उनले गरेको निवेदन खारेज भएको छ। 

यसअघि नै त्यहाँको अदालतले उनलाई भारतको जिम्मा लगाउने आदेश दिएको थियो।  उक्त आदेशको विरुद्ध अपिल गर्नको लागि मोदीले लन्डन उच्च अदालतमा निवेदन दिएका थिए।

लन्डन उच्च न्यायालयका एक न्यायाधीशले अपिलको लागि पेस गरेको कागजातका आधारमा फैसला गरेका हुन्। सो  फैसलामा वेस्टमिन्स्टर मजिस्ट्रेटको अदालतको फेब्रुअरीको मोदीलाई भारत प्रत्यर्पण गर्ने पक्षमा दिएको निर्णय सही छ। उनले धोखाधडी र मनी लान्डरिंगको आरोपमा अपिल गर्ने कुनै आधार छैन।

गएको फेब्रुअरीमा नीरवको प्रत्यर्पण सम्बन्धी अन्तिम सुनुवाइ बेलायतको वेस्टमिन्स्टर अदालतमा भएको थियो। अदालतले नीरवलाई भारत पठाउन पनि अनुमति दिएको थियो। यसपछि अप्रिल १५ मा बेलायतको गृह सचिव प्रीति पटेलले पनि नीरवलाई प्रत्यर्पण गर्ने आदेश दिएका थिए। लन्डन उच्च अदालतको निर्णयसँगै नीरवलाई भारत ल्याउने बाटो स्पष्ट रूपमा खुलेको छ।

नीरव मोदीमाथि पीएनबीबाट ऋण लिएर झन्डै १४  हजार करोड ठगी गरेको आरोप छ। यो घोटाला बाहिर आएपछि पछि जनवरी २०१८ उनी भारतबाट भागेका थिए। नीरव मार्च  २०१९ मा दक्षिण-पश्चिम लन्डनबाट पक्राऊ परेका थिए। त्यसपछि उनलाई जेलमा राखिएको थियो। 

भारत सरकारले विभिन्न बैंकहरु ठगेर भागेका नीरव मोदी लगायत मेहुल चोकसी र विजय माल्याको त्यहाँ रहेको सम्पत्ति १८१७०.०२ करोड यसअघि नै कब्जा गरिसकेको छ। यसलाई त्यहाँका सरकारी र निजी बैंकलाई दामासाहीले बाँड्ने भएको छ। 

प्रतिक्रिया दिनुहोस