
एजेन्सी। निकै लामो समयसम्म विश्वको सर्वाधिक धनी व्यक्तिका रूपमा रहेका बिल गेट्सलाई एक पछि अर्को गर्दै मानिसहरूले साथ छोड्दै छन्। पत्नी मेलिंडा गेट्सले सम्बन्धबिच्छेद गरेपछि बिल एण्ड मेलिंडा गेट्स फाउन्डेसनको ट्रस्टीको रूपमा रहेका वारेन बफेटले समेत सो फाउन्डेसनबाट राजीनामा दिएका छन्।
बिल एण्ड मेलिंडा गेट्स फाउन्डेसनमा बफेटले फाउन्डेसनको लागि प्रमुख रुपमा जन सम्पर्कको काम गर्दै आएका थिए। विश्वको सबैभन्दा ठुलो परोपकारी परोपकारी संस्थाको प्रमुख आर्थिक सहयोगी समेत रहेका बफेटको बहिर्गमनले बिल गेट्सलाई ठुलो धक्का लागेको छ।
बफेट अहिले ९० वर्ष पुगेका छन् र उनले गेट्स फाउन्डेसन बोर्डबाट अलग हुने आफ्नो निर्णय घोषणा गरेका हुन्। जसमा उनले घोषणा गरे कि उनी आफ्नो बर्कशायर हथवेको सेक्युरिटीको दानलाई आधामा पुर्याएका छन्। बफेटले हालै मात्र ४.१ अर्ब डलर बर्कसायर हाथवेको सम्पत्ति सो फाउन्डेशनलाई दिएका छन्।
सीएनबीसीले प्रकाशित गरेको बफेटको बयानमा भने कि उनले गेट्स फाउन्डेसन बोर्डबाट राजीनामा गरेका छन्। त्यसलाई उनले आफूले बर्कशायर बाहेक सबै कर्पोरेट बोर्डहरूमा गरेको राजीनामा जस्तै भएको बताएका छन्।
यद्यपि यो सत्य हो कि बफेले बिस्तारै आफ्नो गैर-बर्कशायर गतिविधिहरूबाट आफूलाई अलग गर्दैछन्। गेट्स फाउन्डेसन बोर्डबाट उनको बिदाइको समय त्यो बेला आएको छ जब बिल गेट्सका खराब चारित्रिक गतिविधिका कारण उनको आलोचना भइरहेको छ। बफेट आफैँले स्वीकार गरेका छन् कि उनी बोर्डको "निष्क्रिय" सदस्य थिए।
बोर्डमा दुई अन्य सदस्यहरूका रूपमा बिल र मेलिंडा समावेश छन्। बिल र मेलिंडा बिचको खटपटको कारण उत्पन्न परिस्थितिमा बफेटले बोर्ड बैठकहरूमा अप्ठ्यारोपन महसुस गरेर राजीनामा गरेको धेरैले अनुमान लगाएका छन्।
मेलिंडा गेट्सले आफ्ना पतिलाई जेफ्री एपस्टेनसँगको मित्रताको सम्बन्धमा सम्बन्ध विच्छेद गरेको बताइएको छ। बफेटले यसबारेमा कहिल्यै कुनै प्रतिक्रिया दिएका थिएनन्।
बफेले बितेका १५ वर्षमा गेट्स फाउन्डेशनलाई २७ अर्ब डलर योगदान गरिसकेका छन्। फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत मार्क सुजमानले गत महिना कर्मचारीहरूलाई भनेका थिए कि "फाउन्डेसनको दीर्घकालीन स्थायित्व र स्थिरता" लाई सुदृढ पार्न उनी धेरैसँग बार्तामा छन् ।
सुजमान "एक उत्कृष्ट चयन रहेको र उनलाई आफ्नो पूर्ण समर्थन रहेको बफेटले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । सुजमानले बताए अनुसार बिल र मेलिंडा दुवै सम्बन्ध विच्छेद पछि पनि सो फाउन्डेसनमा सँगै काम गर्न प्रतिबद्ध रहेका छन्।
प्रतिक्रिया दिनुहोस