aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

सरकारले उठायो ८ खर्ब २५ अर्ब राजश्व, लक्ष्यभन्दा करिब २ खर्ब कम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ असार २०७८
सरकारले उठायो ८ खर्ब २५ अर्ब राजश्व, लक्ष्यभन्दा करिब २ खर्ब कम

काठमाडौं । सरकारले बिहीबार सम्ममा कुल ८ खर्ब २५ अर्ब ३ करोड ५४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यो चालू आर्थिक वर्षको कुल लक्ष्यको ८१.८७ प्रतिशत हो । 

गत वर्ष सोही अवधिमा सरकारले ६ खर्ब ८१ अर्ब ६६ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । जुन कुल लक्ष्यको ६१.४६ प्रतिशत थियो । गत आवको भन्दा २०.४१ प्रतिशतले बढी राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत वर्षको भन्दा बढी राजश्व संकलन गरे पनि हालको अवस्था हेर्दा आर्थिक वर्ष सकिन २० दिन मात्र बाँकी रहँदा लक्ष्य भेट्न कठिन हुने देखिएको महालेखा नियन्त्रक कार्यालयका कर्मचारी बताउँछन् । 

सरकारले बिहीबार सम्ममा कर राजश्वतर्फ लक्ष्यको ८४.७६ प्रतिशत उठाइसकेको छ । ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख लक्ष्य रहेको कर राजस्व मध्ये ७ खर्ब ७० अर्ब ५७ करोड ३४ लाख उठेको छ । 

गत वर्ष भने सोही अवधिमा कर राजश्वतर्फ लक्ष्यको ६१.२७ प्रतिशत उठाएको थियो । जुन १० खर्ब ९ अर्ब १६ करोड १८ लाख लक्ष्य रहेको कर राजस्वमध्ये ६ खर्ब १६ अर्ब ५३ करोड ४७ लाख संकलन गरेको थियो ।   

गैर कर तर्फ भने ५५.१८ प्रतिशत मात्र राजश्व उठेको छ । ९८ अर्ब ८० करोड ९४ लाखको लक्ष्यमध्ये र ५४ अर्ब ४६ करोड २० लाख राजश्व संकलन भएको छ । सरकारले गतबर्ष चालु आव भन्दा बढी गैर कर तर्फ राजश्व संकलन गरेको थियो । ६३.३४ प्रतिशत रहेको छ । जुन ८.१६ प्रतिशतले बढी गैर कर तर्फबाट राजश्व संकलन गरेको थियो । भने अनुदान तर्फबाट चालु आवमा १६.६५ प्रतिशत सरकारले राजश्व संकलन गरेको छ । ६० अर्ब ५२ करोड ७७ लाख रुपैयाँ लक्ष्य राखेकोमा १० अर्ब ७ करोड ५४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।  

जसमा हालसम्म कोषबाट कुल खर्च ६४.७२ प्रतिशत भएको छ । जुन सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएकोमा ९ खर्ब ४९ अर्ब ७१ करोड ५६ लाख रुपैयाँ मात्र कोषबाट खर्च भएको छ । 

 

प्रतिक्रिया दिनुहोस