
एजेन्सी । चीनका अन्वेषकहरूले विश्वमा यस्तो पुरानो खोपडी प्रस्तुत गरेका छन् जुन मानवको पूर्ण रूपमा नयाँ प्रजातिको हुन सक्छ। यी अनुसन्धानकर्ताहरूले के दाबी गरेका छन् भने तिनीहरू हाम्रो नजिकको वंशजका हुन्।
मानव जातका यी प्रजातिहरू, जसलाई ‘ड्र्यागन म्यान’ भनिन्छ, पूर्वी एसियामा एक लाख ४६ हजार वर्ष अघि बसोबास गर्थे ।
यी खोपडीहरू उत्तर पूर्वी चीन अर्थात् उत्तर पूर्वी चीनको हार्बिनमा सन् १९३३ मा पत्ता लागेको थिए। तर वैज्ञानिकहरूको ध्यान हालसालै मात्र यसमा परेको हो।
लन्डनको नेचुरल हिस्ट्री सङ्ग्रहालयका प्रख्यात बेलायती मानव शास्त्री तथा प्रोफेसर क्रिस स्ट्रिंगर समेत अनुसन्धानकर्ताहरूको यस समूहको हिस्सा थिए।
उनले बीबीसीलाई भने अनुसार यो लाखौँ वर्षको जीवाश्मको अवशेष अहिलेसम्म भेटिएको जीवाश्म मध्ये सबैभन्दा महत्त्वपूर्ण मान्न सकिन्छ।
उनले भने कि यो यस्तो मानवहरूको शृङ्खला हो जुन हामी जस्तो भिन्न प्रजातिमा विकसित भएन, होमो सेपियन्स जुन सयौँ हजारौँ वर्ष यस धरतीमा बाँचिरहे र त्यसपछि पूर्ण रूपमा लोप भयो।
अन्वेषकहरू विश्वास गर्छन् कि यस खोजबाट मानव विकास क्रमलाई नयाँ रूपमा बुझ्न सकिन्छ। तिनीहरूको विश्लेषणका अनुसार यो प्रजाति निएन्डरथल मानवहरू भन्दा हाम्रो नजिक छ।
अन्वेषकहरूले यस मानव प्रजातिलाई एक नयाँ नाम दिएका छन् - होमो लान्गी। ड्र्यागनलाई चिनियाँ भाषामा लान्गी भनिन्छ।
'ड्र्यागन म्यान' कस्ता थिए ?
चिनियाँ विज्ञान एकेडेमीका प्राध्यापक र अनुसन्धानकर्ताहरूको टोलीका सदस्य शिजुन नीले भने कि हामीले हाम्रो नजिकको प्रजाति पहिचान गर्नु ठुलो सफलता हो। उनले आश्चर्य व्यक्त गरे कि यो यति राम्रोसँग सुरक्षित गरिएको छ ।
उनले बताए कि यो खोपडी मानवको खोपडी भन्दा अलि ठुलो छ। तर यस भित्र मस्तिष्क ठाउँ सामान्य टाउको बराबर छ।
ड्र्यागन म्यानको आँखाहरू पनि सामान्य भन्दा थोरै ठुला थिए र आँखाको भाग पनि निकै ठुलो छ। उनीहरूको मुख र ठुलो दाँत भएको हुनुपर्दछ।
चिनियाँ अनुसन्धानकर्ता प्रोफेसर कियान्ग जीका अनुसार यो खोपडी पुरातन र आधुनिक प्रकारको मानवको मिश्रण हो र यसले अन्य मानव प्रजातिहरू भन्दा फरक पाएको छ।
यो खोपडी कहिले, कहाँ र कसले पाए?
वैज्ञानिकहरू विश्वास गर्छन् कि ड्र्यागन म्यान शक्तिशाली र आक्रामक भएको हुनुपर्छ। तर तिनीहरूको जीवनशैलीको बारेमा त्यति धेरै कुरा थाहा छैन किनकि यो जीवाश्म सन् १९३३ मा यसको मूल स्थानबाट हटाइएको थियो।
यो खोपडी १९३३ मा एक जना कामदारले फेला पारे जब उनी हेलगजियांग प्रान्तमा सोनहुवा नदीमा पुल निर्माण गर्दै थिए।
इतिहासकारहरूका अनुसार त्यस समयमा यो सहर जापानीहरूको कब्जामा थियो। यसको सांस्कृतिक महत्त्व बुझ्दै ती चिनियाँ कामदारले त्यसलाई आफ्नो घरमा लुकाइदिए, ताकि जापानीहरूले यसलाई फेला पार्न नसकुन् ।
उनले यो खोपडी आफ्नो परिवारको कुवामा लुकाए र आफ्नो मृत्यु हुनुभन्दा अघि उनले आफ्नो परिवारलाई यसबारे बताइदिए । त्यसपछि मात्रै यो खोपडी वैज्ञानिकहरूको हातमा आइपुगेको हो । (बीबीसी हिन्दीबाट)
प्रतिक्रिया दिनुहोस