aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

भारतका अन्तराष्ट्रिय उडान अझ केही दिन प्रतिबन्धित हुनसक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ असार २०७८
भारतका अन्तराष्ट्रिय उडान अझ केही दिन प्रतिबन्धित हुनसक्ने

काठमाडौं । मुडीका लगानीकर्ता सेवाका अनुसार विमानस्थल र टोल‌ रोड सञ्चालकको तुलनामा भारतका ऊर्जा कम्पनी र बन्दरगाह महामारी अवरोधको सामना गर्न बढी सक्षम छन्। अप्रिल र मे महिनामा भारतले कोविडको भयानक दोस्रो लहरको सामना गरेको थियो। केन्द्र सरकारले गत बर्ष झै यस पटक भने देशव्यापी लकडाउन गर्न चाहेन। तर राज्यहरुले भने भाइरस प्रसारण रोक्न आ(आफ्ना राज्यमा लकडाउनको घोषणा गरेका थिए।

सीननबीसीलाई दिइएको एक अन्तर्वार्तामा मूडीका उपाध्यक्ष तथा वरिष्ठ ऋण अधिकारी अभिषेक त्यागीले भनेका छन्, 'महामारी बेला गरिएको लकडाउन र सार्वजनिक व्यवहारात्मक परिवर्तनका कारण विभिन्न पूर्वाधार कम्पनीहरूमा विभिन्न असर देखिन सक्छ।'

भारतमा गरिएको क्षेत्रीय लकडाउनको कारण बिजुलीको माग कम भएको थियो र यातायात उत्पादनको मागमा पनि कमी देखिएको थियो। तर श्रम उपलब्धता मा अहिलेसम्म उल्लेखनीय असर परेको छैन। रेटेड ऊर्जा कम्पनीहरूको व्यवसाय मोडेलले उनीहरूलाई मागमा संकुचन प्रबन्धन गर्न र नगद रूपान्तरण चक्रको मध्यम विस्तार गर्न सक्षम बनाएको छ। यसले कम्पनी को आफ्नो लगानीलाई बिक्रीबाट नगद प्रवाहमा रूपान्तरण गर्न लाग्ने दिनलाई कम गर्न सक्षम बनाएको छ।

यसो हुनुको मुख्य कारण भारतीय विद्युत कम्पनीहरू राज्यको स्वामित्वमा रहेका वितरण कम्पनी माथि निर्भर हुनु हो। अहिले को समयमा यी कम्पनीहरू कम‌ मागका कारण आर्थिक तनावबाट गुज्रिरहेका छन्। यदि यही क्रममा माग कम भइरहने हो भने ऊर्जा कम्पनिलाई तरलता र समर्थनमा राम्रो पहुँच हुनेछ।

यसका साथै भारतीय विमानस्थलहरुमा सञ्चालित विस्तारित ऋण अनुदानित परियोजनाहरू पनि दोस्रो लहर र क्षेत्रीय लकडाउनका कारण पछि धकेलिन सक्छ। अन्तर्राष्ट्रिय सिमा बन्दका कारण अन्तराष्ट्रिय उडान अझ केही दिन प्रतिबन्धित हुनसक्छन्।

मूडीका अनुसार दोस्रो कोरोना लहर का कारण आर्थिक वर्ष २०२२ को आम्दानी र राजस्व संकलन कम हुन सक्छ। त्यस्तै प्रभाव आर्थिक वर्ष २०२३ मा पनि पर्न सक्छ। भारतको देशव्यापी खोप अभियानका कारण विमानस्थल चाँडै सञ्चालनमा आउन सक्छन्। तर लकडाउन र प्रतिबन्ध यदि लम्बाउने हो भने टोल सडक सञ्चालकमा प्रतिकूल प्रभाव पर्नसक्छ र उनीहरूमा ऋण चुक्ता गर्न प्रतिकुल दबाब पर्नसक्छ।

भारतीय बन्दरगाहले भने महामारी र प्रतिबन्धका बावजुद राम्रो आम्दानी गरेका थिए। उनीहरूले आफ्नो बजार सेयर सुधार गर्न पनि सक्षम भएका थिए। देशभरमा सामानहरूको आवागमन सामान्य नै रहेको कारणले बन्दरगाह सञ्चालकहरु भने क्षेत्रीय लकडाउनबाट त्यति प्रभावित भएनन्। साथै उनीहरू सँग राम्रो आर्थिक भण्डारण भएका कारण महामारी बाट पर्न जाने अवरोध को प्रभावकारी रुपमा सामना गर्न सक्छन्। इण्डिया न्युज नेटवर्क

प्रतिक्रिया दिनुहोस