
काठमाडौं । काठमाडौंमा ३० वर्षअघिको गर्मी दोहोरिएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार यस वर्ष जुलाई महिनाको रेकर्डले ३० वर्ष अघिको गर्मीको रेकर्ड झन्डैझन्डै छोएको छ । यस वर्ष जुलाई १ मा काठमाडौंको अधिकतम तापक्रम ३२ दशमलव ६ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ ।
यसअघि सन् १९८९ जुलाई २२ मा काठमाडौंको तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । 'यस वर्ष जुलाई महिनाको रेकर्ड हेर्दा ३० वर्षअघि जसलाई महिनाको गर्मीलाई छुन खोजेको देखिन्छ,' वरिष्ठ मौसमविद् शान्ति कँडेलले भनिन्, 'सन् १९८९ को जुलाई २२ को रेकर्ड र यस वर्ष जुलाई १ को रेकर्ड झन्डैझन्डै उस्तै छ ।' नागरिक दैनिकमा समाचार छापिएको छ ।
प्रतिक्रिया दिनुहोस