aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

फास्ट ट्याक बनाउन शुरु हुने वित्तिकै ६३ अर्ब लागत वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० असार २०७६
फास्ट ट्याक बनाउन शुरु हुने वित्तिकै ६३ अर्ब लागत वृद्धि

काठमाडौं । सरकारले महत्वका साथ अगाडि बढाएको काठमाडौं तराई मधेश द्रुतमार्ग फास्ट ट्याक को लागत ६३ अर्ब रुपैयाँले बढ्ने भएको छ । भारतीय कम्पनी आइएल एन्ड एफएसले यो आयोजनाका लागि दुई वर्षअघि तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा लागत एक खर्ब १२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो ।

 अहिले कोरियन कम्पनी सुसुङ इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको डिपिआरमा लागत बढाएर एक खर्ब ७५ अर्ब रुपैयाँ पुर्याइएको छ । यो दुई वर्षअघिको डिपिआरको तुलनामा ५६ प्रतिशतभन्दा बढी हो । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस