aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

डिजिटलाइजेसनले आर्थिक क्रियाकलाप बढायो : अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ असार २०७८
डिजिटलाइजेसनले आर्थिक क्रियाकलाप बढायो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिडपछि उत्पन्न परिसिस्थतिमा  डिजिटलाईजेसनको अभ्यास बढ्दै गएको र यसले डिजिटल अर्थतन्त्र निर्माणको युग शुरु गरेको बताएका छन । मिडिया इन्टरनेसनलको आठौं वार्षिकोत्सव कार्यक्रमलाई वेवीनार मार्फत समुद्घाटन गर्दै अर्थमन्त्री  पौडेलले डिजिटल अर्थतन्त्रको युग सुरु भएको बताएका हुन । 

उनले कोभिडपछि यसको महत्व थप बढेको उल्लेख गरे । डिजिटलाइजेसनको अभ्यासले आगामी दिनमा आर्थिक क्रियाकलापमा थप सहज पु¥याउने उनको भनाई छ । उनले उद्यमशीलता वृद्धिका लागि सरकार लागिपरेको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता रहेको पनि बताए ।

  कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पछिल्लो समय वित्तीय क्षेत्रमा बढ्दै गएको प्रविधिले अर्थतन्त्र चलायमान गराउन ठुलो सहयोग गरेको बताए । कोरोना महामारीपछि यसको डिजिटलाइजेसनको महत्व बढेको भन्दै उनले अहिले पुँजीबजारको क्षेत्रका अधिकाँस कुराहरु  डिजिटलाइजेसन भएको उल्लेख गरे ।  

उनले पूँजी बजारमा गत साउनदेखि अधिकाँस कामहरु डिजिटलमाध्यमबाट भइरहेको बताए । उनले पछिल्लो समय नेपालमा सक्रिय लगानीकर्ता बढेको भन्दै बजारलाई यान्त्रिकरणमा अभ्यस्त र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिवद्धता समेत जनाए । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले राष्ट्र बैंकले पछिल्लो समय  फाइनान्सियल डिजिटलाईजेसनलाई महत्व दिएको बताए । उनले समय बदलीएको उल्लेख गर्दै फाइनान्सियल सेक्टरमा डिजिटलाइजेसनको महत्व बढेको बताए । देशमा आर्थिक सवलिकरणका लागि वित्तीय साक्षरताको महत्व आबश्यकता धेरै रहेको भन्दै वित्तीय क्षेत्रमा मिडिया इन्टरनेसनलले गरेको सहयोगको प्रशंशा गरे । 

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय बीमा क्षेत्रमा नागरिकको विश्वास बढ्दै गएको भन्दै यसको विस्तारका लागि डिजिटलाइजेसन महत्वपूर्ण हुने बताए । समितिले हाल बीमा शिक्षालाई समुदाय स्तरमा फैलाउँदै लगेको भन्दै बीमा क्षेत्रमा बारे भर्खर मानिसहरु जानकार हुन थालेको बताए ।  

कार्यक्रममा लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्साल, संघका महासचिव रामबहादुर यादव, जीवन बीमा संघका अध्यक्ष निर्मल काजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्श उद्योग समितिका सभापति भिम पौडेल,  सरकारले आगामी आर्थिक वर्षको बजेटमा बीमालाई हिमालय सिमा पार व्यापार संघका उपाध्यक्ष नयन बहादुर पण्डित क्षेत्रीको उपस्थिति रहेको थियो । 

त्यस्तै बागमती प्रदेश हस्तकला संघका अध्यक्ष होमनाथ उपाध्याय, नेपाल क्लियरिङ हाउस.  हाउस लिमिटेड (एनसिएचएल) का सिइओ नीलेशमान सिंह प्रधान, नेपाल कफि व्यवसायी महासंघका संस्थापक अध्यक्ष ढकेश्वर घिमिरेको समेत उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस