aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

लिच्छविकालिन भग्नावशेष भेटियो, १२–१३औं शताब्दीको भएको अनुमान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० असार २०७६
लिच्छविकालिन भग्नावशेष भेटियो, १२–१३औं शताब्दीको भएको अनुमान

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल–७ मा लिच्छविकालीन भग्नावशेष भेटिएका छन्। पुरातत्त्व विभागको टोलीले हालै करिब दुई साता यसको उत्खनन् गरेको थियो। त्यस क्रममा खानेपानीका पाइपलाइन, दरबारका भग्नावशेषदेखि मानदेवले चलाएको मुद्रा मानांकलगायत भेटिएको हो।

पाइपलाइन इँटा र माटोले बनाएको पाइएको छ। रानीपोखरी दरबारसमेत फेला परेको उत्खनन्मा खटिएका पुरातत्त्वविद् उद्धवराज आचार्यले बताए। उनका अनुसार उत्खनन्का क्रममा पुरातात्त्विक अभिलेख फेला परेको छ। ती अभिलेख १२–१३औं शताब्दीको भएको अनुमान छ। ‘हामीले १२–१३ दिन उत्खनन् गरेका थियौं’, उनले भने, ‘त्यहाँ खानेपानीका तीनवटा पुराना पाइपलाइन भेटिए। एउटा भवनको जग भेटियो।’

उनका अनुसार पुरानो कुवाबाट श्रीरामपाटी बजार हुँदै किटनीको चौर रानीपोखरीसम्म ९डेढ किलोमिटर०को पाइपलाइन छ। अर्को काँगियोको कुवाबाट किटनी चौर हुँदै रानीपोखरीमा खसाइएको सवा किलोमिटरको पाइपलाइन छ। यस्तै, झिकु खोला बाँध बाँधेर घट्टेकुलो, श्रीरामपाटी ढापखोला हुँदै रानीपोखरीमा झारिएको अर्को पाइपलाइन पनि छ। आजको अन्नपूर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस