
ललितपुर । सामान्य प्रशासन मन्त्रालयले पठाएको समायोजनपत्र लुकाइदिएपछि एक कर्मचारी बिलखबन्दमा परेका छन् । शिक्ष विकास तथा समन्वय इकाइ लगनखेलको प्रशासन शाखाबाट समायोजनपछि ललितपुर महानगर पुगेका युवराज सैंजुको समायोजनपत्र गायब भएको हो ।
सैंजु हाजिर हुन दैनिक महानगरपालिका धाइरहेका छन्, असार १ गतेदेखि । यसबीच मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्याललाई जानकारी गराइसकेका छन् । 'मेयरले बैठकपछि केही निर्णय होला भन्नुभयो,' सैंजुले भने, 'तर उपमेयरले हारिज गराउन कठिन पर्ने संकेत दिनुभयो ।'
सामान्य प्रशासन मन्त्रालयले पठाएको पत्र नआएको जानकारी ललितपुर महानगरपालिकाबाट सैंजुले पाएका छन् । मन्त्रालयले उनको पत्र कुरियरमार्फत पठाइसकेको र कुरियरवालासँग सम्पर्क गर्न सुझाव दिएको छ । सबैतिर पत्र नभेटिएपछि फेरि मन्त्रालय पुगेर आफैंले खोजेर फेला पारे । एक कपी लिएर आएको छु, सैंजुले भने, व्यक्तिगत चिठी भने पाएको छैन् । सैंजुका अनुसार प्रत्येक वडामा सामान्य अन्तर्गतका ३ दरबन्दी रहेको पनि उनले बताए ।
तर ललितपुर महानगरपालिकाले दरबन्दी खाली नभएको जानकारी दिएको छ । सैंजुको विषयमा छलफल गर्ने मेयर महर्जनले बताए । भएका कर्मचारीलाई प्रवद्र्धन गर्न चाहेका थिए । स्थानीय कर्मचारी प्रवद्र्धन गर्ने अभिप्रायले अनुभव र योग्यता पुगेकालाई एक ग्रेड थप्ने तथा सेवासुविधा बृद्धि गर्ने निर्णय गरेको थियो । मन्त्रालयले रद्द गरिदियो । यसैका आधारमा स्थानीय तहलाई कमृचारी बढुवा नगर्न परिपत्र जारी गरेको उनले बताए ।
बोर्ड बैठकबाट पास गरेको तर सरकारले निर्णय अस्वीकार गरिदिएपछि सबै सदस्य रिसाएका छन्, 'मेयर महर्जनले धने, के कति कर्मचारी चाहिन्छ, नहेरी पठाएर हुन्छ ।' मन्त्रीले होमवर्क नगरी पठाएको उनको आरोप छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस