aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

मन्त्रिपरिषद निर्णय : १५० मिलियन ऋणदेखि दर्जनबढी नियुक्ती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ असार २०७८
मन्त्रिपरिषद निर्णय : १५० मिलियन ऋणदेखि दर्जनबढी नियुक्ती

काठमाडौं ।  नेपाल सरकारले विश्व बैंक अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५० मिलियन डलर सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ । मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै बुधबार सरकारले बजेटरी सहायताका रुपमा प्राप्त हुने १ सय ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो ।  सरकारले नागरिक एपसँग सम्बन्धीत निर्देशिका, २०७८ स्वीकृत गरेको छ। 

जापान सरकारबाट प्रोजेक्ट फर ह्यूमन रिसोर्स प्रोग्राम फर स्कलरसीप दोश्रो चरण अन्तर्गत ३ सय ५६ मिलियन जापानी यान अनुदान स्वीकार गर्ने निर्णय सरकारका प्रवक्ता बसन्त  नेम्वाङले पत्रकार सम्मेलनमा जानकारी गराए ।  जापान सरकारको अनुदानको उक्त सहायता सन् २०२१ का लागि छात्रवृत्तिका लागि प्राप्त हुने रकम स्वीकार गर्ने निर्णय भएको हो ।

त्यस्तै,  राष्ट्रिय योजना आयोगको सदस्य पदमा राजबहादुर गिरी, राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा धनकुटाका सिद्धराज राई, मदन भण्डारी औद्योगिक विश्वविद्यालय निर्माण समितिको सदस्य पदमा डा.मनराज कोलाक्षेपति, डा. पदमबहादुर शाही र डा. अनिल पोखरेललाई नियुक्ति गर्ने निर्णय गरेको छ । 

प्राविधिक यस्तै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) सदस्य सचिव पदमा स्याङ्जाका जीतनारायण काफ्ले, राष्ट्रिय विमा संस्थानको प्रशासकमा कविप्रसाद पाठक, नेपाल इन्जिनियरिङ परिषदको रजिष्टार पदमा इन्जिनियर शिवमंगल गिरीलाई नियुक्त गर्ने निर्णय भएको छ । त्यस्तै, सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पाँचथर भीमकुमार ओझा, सदस्यमा ओखलढुङ्गामा महेन्द्रबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।  

नेपाल विश्वविद्यालय स्थापनाका लागि तयारी समितिको अध्यक्षमा डा.अर्जुन कार्की, सदस्यमा डा.अमिना सिंह, डा.असिम ढकाल, प्राडा विपिनचन्द्र अधिकारी, डा.सूर्यराज आचार्य, डा.उत्तमबाबु श्रेष्ठ, प्रभूकुमार राणा, योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण समितिको सदस्यमा खड्गधर राई  वंशीधर लामा नियुक्त भएका छन ।  
 

प्रतिक्रिया दिनुहोस