aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सरकारी जग्गा कब्जाको छानविन गर्न समय थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० असार २०७६
सरकारी जग्गा कब्जाको छानविन गर्न समय थप

काठमाडौं । सरकारले जग्गाहरूको हिनामिनाबारे छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआईबी० को छानबिन समितिको म्याद डेढ महिना थपेको छ ।

यही असार १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरूको हिनामिनासम्बन्धी छानबीन समितिको प्रतिवेदन कार्यान्वयन गर्न साउन २८ गतेसम्म म्याद थप गर्ने निर्णय गरेको थियो ।

सरकारको २०७५ फागुन २८ गतेको निर्णयबमोजिम उक्त समिति गठन गरिएको थियो ।नेपाल समाचारपत्र दैनकिबाट । 

प्रतिक्रिया दिनुहोस