
काठमाडौं । भारत सरकारले पाम आयलको आयातमा लगाएको प्रतिबन्ध करिब डेढ वर्षपछि हटाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार शाखाले पाम तेलको आयात खुला गरेसँगै नेपालबाट निकासी खुला भएको हो ।
भारत सरकारले आर्थिक वर्ष २०७६ पुस २३ गते पाम आयलको आयातमा प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । तर, भारतले बुधबारदेखि पुनः पाम आयलको आयात खुला गरेको भारतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेडले जनाएको छ ।
विगतको दिनमा उल्लेखनीय रुपमा नेपालबाट निर्यात हँुदै आएको पाम आयल भारतले आयातमा प्रतिबन्ध गरेसँगै अहिले उक्त वस्तुको निर्यात शून्य जस्तै रहेको छ ।नेपालको व्यापार घाटा घटाउन महत्वपूर्ण ठानिएको पाम आयलमा भारतले लगाएको प्रतिबन्ध गरेपछि अहिले भट्मासको तेलको निर्यात उच्च रहेको छ ।
हाल देशभर देशभर २० वटा पाम तेल निर्यात गर्ने उद्योगहरु छन् ।ती उद्योगले मलेसियाबाट कच्चा पदार्थ आयात गरी पाम तेल बनाएर भारततर्फ निकासी गर्दै आएका थिए । भारतले आयात बन्द गरेपछि उद्योगहरुले उत्पादन कटौती गरेका थिए । नेपालका उद्योगीले मलेसिया र इन्डोनेसियाबाट पाम तेल उत्पादनका लागि कच्चा पदार्थ आयात गर्छन् ।
प्रतिक्रिया दिनुहोस