aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

त्रिशूलीमा ट्रक खस्यो, २ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० असार २०७६
त्रिशूलीमा ट्रक खस्यो, २ जनाको मृत्यु

चितवन । त्रिशूलीमा ट्रक खस्दा दुइृ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।   

दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

घाइते र मृतक दुवैको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्रक के कसरी खस्यो भन्नेबारे खुल्न सकेको छैन् । घटनाबारे थप विवरण आउन बाँकी छ । 
 

प्रतिक्रिया दिनुहोस