aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

दुई चरणको निर्वाचनका लागि ७ अर्ब ७२ करोडको खर्च सहमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १९ असार २०७८
दुई चरणको निर्वाचनका लागि ७ अर्ब ७२ करोडको खर्च सहमति

काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई  ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ।

२०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको हो।

प्रतिक्रिया दिनुहोस