
कोरोना महामारीको दौरान शक्तिमा बसेका अधिकारीहरूले गरेका अपराधहरूको सूची लामो छ। सायद उनीहरूले मानवता विरुद्ध यस कालखण्डमा गरेको सबैभन्दा ठुलो अपराध भनेको कोरोना भाइरसबाट सङ्क्रमितलाई मृत्युको मुखमा पुग्नबाट जोगाउने इभेरमेक्टिन लगायत सुरक्षित र प्रभावकारी औषधीको प्रयोग कोभिड-१९ को उपचारमा रोक्नु नै हो।
यो स्पष्ट छ कि मानव स्वास्थ्यको लागी कति घातक छ भन्ने हालसम्म अध्ययन नै नभएका खोपको बिक्रीका लागि यस्तो अपराध खोप उत्पादक कम्पनीको प्रभावमा परेर विश्वव्यापी रूपमा भइरहेको छ। कोरोना विरुद्धको "खोप कार्यक्रम"को रक्षा गरेर ठुला व्यापारीको लाभ सुरक्षित गर्न गरिएको छ नै यस्तो जघन्य अपराध भइरहेको छ।
वास्तवमा कोरोना विरुद्ध विश्वव्यापी सञ्चालित खोपहरू आपतकालीन प्रयोग अन्तर्गत बजारमा ल्याइएको थियो। तर, त्यो नै एक मात्र विकल्प हो जस्तो गरी अहिले प्रचार भइरहेको छ। जुन केवल अन्य सुरक्षित र प्रभावी विकल्पहरू उपलब्ध नभएसम्म मात्र प्रयोग गर्नु पर्ने हो। यदि वास्तवमा सत्य बाहिर आउँन दिने हो र वैज्ञानिकहरूले पत्ता लगाएको कोरोनाको औषधी आम प्रयोगमा ल्याउने हो भने हालका कुनै पनि खोपले आपतकालीन प्रयोगको अनुमति नै पाउँदैनन् किनकि अर्को सुरक्षित विकल्प आएपछि यस्ता परिक्षण नै नगरिएका खोपको कुनै काम नै हुँदैन।
धेरै उच्च तहका अध्ययन रिपोर्ट र तिनका समीक्षाहरूले इभेरमेक्टिन नामक अत्यन्तै सस्तो र पेटेन्ट राइट समेत खुल्ला भइसकेको एक दशक पुरानो यो औषधिलाई विश्व स्वास्थ्य सङ्गठनले अत्यावश्यक औषधिहरूको सूचीमा छ। यो औषधी हालसम्म कोभिड १९ को उपचारमा प्रयोग भएका मध्ये सर्वाधिक प्रभावकारी भएको पुष्टि गरिसकेका छन्। यो औषधिको बहु-विश्लेषणहरूले समेत सङ्क्रमणको रोकथाम र उपचारको लागि इभेरमेक्टिन अति उपयुक्त हुने देखाई सकेको छ। संयुक्त राज्य अमेरिका फ्रन्ट लाइन कोभिड १९ क्रिटिकल केयर एलायन्स (एफएलसीसीसी) को तर्फबाट ३ जनवरी, २०२१ मा गरिएको द्रुत समीक्षाले यो औषधि फेला पारेको हो। जसमा आईभरमेक्टिनले अन्य औषधिको तुलनामा औसतमा ८३ प्रतिशतले मृत्युलाई कम गर्ने देखिएको थियो।
त्यो निष्कर्ष पछि हालसालैको अर्को अध्ययन समीक्षा र बहु-विश्लेषणका अनुसार इभेरमेक्टिनलाई कोरोना भाइरस सङ्क्रमण रोकथामको रूपमा रोग नलागी कानै प्रयोग गर्दा कोभिड-१९ सङ्क्रमण औसत ८६ प्रतिशतले घटेको देखिएको छ।
अर्को भर्खरको वैज्ञानिक अनुसन्धानले के निष्कर्ष निकाल्यो भने इभेरमेक्टिनले मृत्युदरमा ठुलो सांख्यिकीय कटौती गर्न, क्लिनिकल रिकभरीको समय घटाउन र मानिसको शरीरबाट भाइरस क्लीयरन्सको समय छिटो पार्न अनपेक्षित रूपमा काम गर्न सक्ने क्षमता राख्दो रहेछ।
के कुराले इभर्मेक्टिनलाई विशेष गरी कोभिड १९ मा उपयोगी बनाउँछ भन्ने तथ्य यो हो कि यसले दुवै बिरामीको प्रारम्भिक भाइरल चरणमा नै पनि काम गर्दछ। जब एन्टिवाइरलहरू आवश्यक हुन्छन् र रोगले च्याप्दै लाने अवस्था आउँछ त्यो बेला समेत यसले प्रभावकारी ढङ्गले काम गर्छ। जब भाइरल लोड घट्छ र एन्टी-इन्फ्लेमेटरिज आवश्यक हुन्छ त्यसमा समेत यो उपयोगी देखिएको छ। सबैभन्दा महत्वपुर्ण कुरा त यसले भाइरसको सङ्ख्या बढ्न रोक्छ अनि तीव्र गतिमा भाइरसलाई शरीरबाट हटाउने काम गर्छ। परिणामस्वरूप यसले नाटकीय रूपमा मृत्युको जोखिम कम गर्दछ।
'गोल्ड स्ट्याण्डर्ड' रिसर्चले देखाएको तथ्य
डा. टेस ल्युरी, एक मेडिकल डाक्टर, पीएच.डी., अनुसन्धानकर्ता र बेलायतको एभिडेंस-बेस्ड मेडिसिन कन्सल्टेन्सी लिमिटेडकी निर्देशकले इभेरमेक्टिनको बारेमा धेरै कुरा बाहिर निकाल्ने प्रयास गर्दै छन्। त्यसका लागि उनले ब्रिटिस इभेरमेक्टिन सिफारिस विकास (बिआईआरडी) को छलफल बैठक नै आयोजना गरिन्। त्यो कुरा र इभेरमेक्टिनको फाइदाबारे बताउन ४ अप्रिल २०२१ मा भर्चुअल माध्यमबाट एक अन्तर्राष्ट्रिय सम्मेलनको नै आयोजना भएको थियो।
सो सम्मेलनको अवधिमा विश्वका बाह्र जना विज्ञहरूले आफ्नो ज्ञान, निष्कर्ष र अध्ययनको नतिजाबारे विचार र धारण साझा गरेका थिए। यस कार्यशालामा प्रस्तुत धारणाहरूमा यो औषधिको समीक्षा, कोरोना महामारीको रोकथाम र उपचारको लागि प्रोटोकल, अनुसन्धानका निष्कर्षहरू र वास्तविक विश्व डेटा समावेश छन्। जुम मार्फत रेकर्ड गरिएका सबै लेक्चरहरू बर्ड-ग्रुप डट ओआरजीमा हेर्न/सुन्न सकिन्छ।
उनको पहिलो रिसर्च प्रकाशित भएको दुई महिना पछि ३१ मार्च, २०२१ मा ल्युरी एउटा अद्यावधिक विश्लेषण प्रकाशित गरिन्। जसमा दुई थप अनियमित नियन्त्रित परीक्षणहरू पनि समावेश थिए। यस पटक, मृत्युदर ६२ प्रतिशतमा झरेको देखिएको थियो। जब पछिका संवेदनशीलता विश्लेषणको क्रममा पू उच्च जोखिमको साथ चार अध्ययनहरू थपिए जसमा मृत्युमा ७२ प्रतिशतले कमि ल्याउन इभेरमेक्टिन प्रभावकारी रहेको देखियो ।
ल्युरीको फेब्रुअरी र मार्चको विश्लेषणलाई थप विश्लेषणहरू सहित डा. जोन क्याम्पबेलले एक अन्तर्वार्तामा समीक्षा गर्दै भने इभेरमेक्टिनका बारेमा थप शुभ समाचारहरू छन् । ल्युरीको तेस्रो व्यवस्थित शोधपत्र १७ जून २०२१ मा अमेरिकन जर्नल अफ थेराप्यूटिक्समा प्रकाशित भयो।
जसमा लेखिएको छ, “१५ परीक्षणको मेटा-विश्लेषणले पत्ता लगायो कि इभेरमेक्टिनले मृत्युको जोखिम कम गर्छ। निश्चित प्रमाणहरूले देखाए अनुसार इभर्मेक्टिन प्रोफेलेक्सिसले औसत ८६ प्रतिशत कोरोना सङ्क्रमण घटायो।" त्यसमा अगाडी उल्लेख छ, "निश्चित प्रमाणहरूले सुझाव दिए कि इभेरमेक्टिनको प्रयोगले बिरामीलाई भेन्टिलेटरको आवश्यकतासम्म पुग्न दिएन। "
डब्लुएचओले दियो व्यापारी कै साथ
मार्च २०२१ को अन्तमा आईभेरमेक्टिन सम्बन्धी आफ्नो मार्गदर्शनलाई अपडेट गर्ने क्रममा अधिकांश प्रमाणहरूले इभेरमेक्टिनको उपयोगलाई साथ दिएको भएपनि यसको प्रयोगलाई विश्व स्वास्थ्य संगठनले भने पूर्ण प्रयोगको अनुमति दिएन। तथ्यको बाबजुद अधिक डाटा आवश्यक भएको बताउँदै विश्व स्वास्थ्य सङ्गठनले यसलाई ठुलो मात्रामा प्रयोग गर्न अस्वीकार गर्यो। तिनीहरूले केवल यो सिफारिस मात्र गरे कि जो बिरामीहरू क्लिनिकल परीक्षणमा भर्ना भएका छन् उनीहरूलाई मात्र यसको प्रयोग गर्नु।
यद्यपि, उनीहरूले गरेको नकारात्मक सिफारिसलाई समीक्षामा आधारित बनाएर हेर्दा जसमा केवल ती अध्ययनहरू समावेश थिए, जसले मृत्युमा ६२ प्रतिशत मात्र घटाएको देखाइन्थ्यो। यसबाहेक, अरू सात अध्ययनहरूबाट डाटा समावेश गर्दा मृत्युमा ८१ प्रतिशतले कटौती भएको देखाउँदछ। अर्को अध्ययनको रिपोर्ट त झन् आश्चर्यजनक रूपले उच्च छ, जसमा यो औषधिले कम्तीमा ६४ र बढीमा ९१ प्रतिशतसम्म मृत्युको दरलाई कम गर्ने देखाएको छ।
अझ उल्लेखनीय कुरा के हो भने, कोरोनाको कारण अस्पतालको आइसियुमा भर्ना भएकाको मृत्यु दर सामान्यतया प्रति हजार ७० जना हो। तर इभेरमेक्टिनको प्रयोगले त्यो दरलाई १४ जना प्रति हजारमा झर्यो। तरपनि डब्लुएचओले यसलाई प्रयोग गर्न अनुमति दिएन। त्यसको बेवास्ता गर्दै इभेरमेक्टिनको व्यापक प्रयोग गरेको भारतले भने यसबाट राम्रो लाभ लियो।
त्यो भए पनि, डब्ल्यूएचओले कोभिड १९ को लागी यो औषधि सिफारिस गर्न अस्वीकार गर्दछ। फिलिपिन्सका डब्लुएचओ प्रतिनिधि रवीन्द्र अबेसिंघेले टिप्पणी गरे कि इभर्मेक्टिनलाई “कडा” प्रमाण बिना प्रयोग गर्न अनुमति दिनु "हानिकारक" हो किनकि यसले जनतालाई "झूटा विश्वास" दिन सक्छ।
यसकारण इभेरमेक्टिनलाई सेन्सर गरियो
यदि तपाईँ इभर्मेक्टिनको बारेमा राम्रो खबर सार्वजनिक गर्न कोसिस गर्दै हुनुहुन्छ भने, तपाईँले पक्कै याद गर्नुहुनेछ कि त्यसो गर्नु अविश्वसनीय रूपमा गाह्रो छ। धेरै सोसल मिडिया कम्पनीहरूले यस्ता पोस्टहरूलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइरहेका छन्।
युट्युबमा भेरमेक्टिनको प्रचार, प्रकाशित अनुसन्धानमा देखिएका लाभहरूबारे छलफल गर्न सकिँदैन। यसो गर्दा सो प्लेटफर्मको पोस्टिङ नीतिहरूलाई उल्लङ्घन गरेको मानिन्छ । डार्कहर्स पोडकास्टका होस्ट ब्रेट विङ्ग्तिन, पीएचडी, यस सेन्सर सिप नीतिका सिकार भएका मध्ये एक हुन् ।
डा. पिरे कोरी, जो फोक्सो र आइसियु विशेषज्ञ तथा विस्कॉन्सिनको सेन्ट ल्यूकको अरोरा मेडिकल सेन्टरमा मेडिसिनका पूर्व प्राध्यापक र एफएलसीसीसीका अध्यक्ष र प्रमुख मेडिकल अफिसर समेत हुन् उनी जस्ता चिकित्सा र वैज्ञानिकको पोस्ट युट्युबले हटाएको छ। त्यति मात्र होइन हाल कोरोना भाइरस विरुद्धको भनिएको खोप बनाउने प्रविधि एनआरएनए र डिएनए भ्याक्सिन कोर प्लेटफार्म टेक्नोलोजीको आविष्कारक डा. रोबर्ट मालोनलाई समेत सामाजिक सञ्जालले प्रतिबन्ध लगाएको छ। युट्युबले उनले मालोनसँग गरेको साक्षात्कार हटाउनु पूर्व त्यो ५ लख ८७ हजार भन्दा धेरैले हेरिसकेका थिए।
तर किन तिनीहरू मान्छेहरूलाई विश्वस्त पार्न चाहँदैनन् कि कोभिड १९ को सफल उपचार गर्ने औषधिको पहिचान भैसकेको छ। यसको छोटो उत्तर यो छ किनकि इभेरमेक्टिनले खोप कार्यक्रमलाई असफल पार्छ। किनकि यो औषधिले काम गर्छ भन्ने मानिसहरूले थाहा पाएभने खोप लगाउँदैनन्। जसले उनीहरूको नाफाको व्यापार सुक्छ। यसबारे मे १२, २०२१ मा एन्ड्र्यू बनिस्टरले बिज न्युजमा लामो लेख नै लेखेका छन्। जसमा भनिएको छ :
एक सस्तो औषधि थियो, यति पुरानो कि यसको पेटेन्ट सकियो, यति सुरक्षित छ कि यो डब्लुएचओको अत्यावश्यक औषधीहरूको सूचीमा छ, र सामूहिक औषधि प्रशासन रोलआउटमा प्रयोग हुन्छ। यदि यसलाई कोभिडको पहिलो सङ्केतहरू देखिन साथ प्रयोग गर्यो भने रोग निको हुन्छ। नजिकको सम्पर्कमा भएकाहरूलाई दिइयो भने रोगको प्रतिरोधी क्षमता बढ्छ। थोरै मानिसहरू मात्र अस्पतालमा भर्ना हुनुपर्ने स्थिति आउँछ। फलस्वरूप जसले गर्दा खोप निर्माण गर्न सयौँ मिलियन डलर खर्च गरे उनीहरूको व्यापार सुक्छ।
यो पनि पढ्नुहोस् : आखिर ५७ वैज्ञानिकको आशङ्का सत्य साबित, एफडीएले स्वीकार्य खोपको दुष्प्रभाव
प्रतिक्रिया दिनुहोस