aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

रेमसिभिर उत्पादनसँगै कोरोना उपचार सहज

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, २० असार २०७८
रेमसिभिर उत्पादनसँगै कोरोना उपचार सहज

काठमाडौं । कोरोना सङ्क्रमणले तीव्र सताएका बेला उपचारमा उपयोगी हुने औषधि देशभित्र थिएनन् । बाहिरबाट ल्याउनुपर्र्ने, अभाव उस्तै र महँगो पनि थियो तर यो एक/डेढ वर्षमा कोरोनालाई उपयोगी हुने औषधि देशभित्रै बन्न थाल्यो । केही दिनयता नेपालमै बनेको रेमसिभिर उपयोगमा आएपछि औषधि विज्ञानको क्षेत्रमा नेपालले आँटे गर्न सक्ने क्षमता पनि देखिएको छ ।

कोरोनाविरुद्धको लडाइँमा अब रेम्डेसिभिर सर्वसुलभ भएको छ । केही समय अघिसम्म यो औषधि सहजै पाउन मुस्किल थियो । धेरै सङ्क्रमित रेम्डेसिभिर नपाएर अस्पतालमा छटपटाइरहेका हुन्थे । रेम्डेसिभिर पाउन ठूलै पहुँच हुनुपथ्र्यो । सरकार र निजी क्षेत्रको प्रयासले अब त्यो अवस्था अन्त्य भई औषधि देशभित्रै सर्वसुलभ हुन थालेको छ । सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकले तत्काल रेम्डेसिभिर व्यवस्था गर्न भन्ने तर औषधि नपाएपछि बिरामीको मृत्यु हुने गरेको थियो ।

काठमाडौँको कोटेश्वर बस्ने भगवान पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अवस्था गम्भीर हुँदै गयो । उनलाई राजधानीको मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यकर्मीहरूले तत्काल रेम्डेसिभिर व्यवस्था गर्न भनेपछि उहाँका छोरा ईश्वर पौडेलले रेम्डेसिभिरका लागि धेरै ठाउँ चहारे, नेताहरूलाई भनसुन गरे । जति मूल्यमा पनि खरिद गर्न तयार हुनुभयो तर बजारमा रेम्डेसिभिर अभावका कारण पाउन सक्नुभएन । त्यसको केही दिनपछि बुवाको निधन भयो ।

चिकित्सकले भनेको बेला रेम्डेसिभिर पाउन सकेको भए बुवालाई बचाउन सकिन्थ्यो कि भन्ने उनलाई अहिले पनि लागिरहन्छ । चिकित्सकले खोजेको औषधि नपाउँदा धेरै सङ्क्रमितले ज्यान गुमाए । रेम्डेसिभिरको चरम अभावको बेला औषधि व्यवस्था विभागको स्वीकृतिमा आयान हेल्थ केयरले बङ्गलादेशबाट ठूलो परिमाणमा रेम्डेसिभिर ल्याएको थियो । कोरोनाको चर्को महामारीमा रेम्डेसिभिर पाउनु भनेको ठूलो युद्ध जितेजस्तो हुन्थ्यो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य–सचिव डा। प्रदीप ज्ञवालीले रेम्डेसिभिरको ‘क्लिनिकल ट्रायल’ हुन नसकेको बताए । उनले नेपालमा कोरोनाविरुद्धको खोप उत्पादन हुन सक्ने भन्दै त्यो विषयमा छलफल भइरहेको जानकारी दिए । अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसंँग छलफल भइरहेको जानकारी दिँदै उनले नीति परिवर्तन गरेर खोप उत्पादन गर्न सकिने बताए । जनशक्ति टेक्नोलोजी ट्रान्सफर भएको अवस्थामा नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन हुने दाबी डा. ज्ञवालीले गरे । 

आयान हेल्थ केयरका प्रमुख डा। अबुल अन्सारीले कोरोना सङ्क्रमण तीव्र भएको अवस्थामा रेम्डेसिभिरको चरम अभाव रहेको जानकारी दिनुभयो । त्यो बेला रेम्डेसिभिर पु¥याउन धेरै ठूलो सकस परेको जानकारी दिँदै उनले अहिले त्यो अवस्था नरहेको बताए । आयान हेल्थ केयरले मात्र ४० हजार भायल रेम्डेसिभिर बङ्गलादेशबाट ल्याएको जानकारी दिँदै उनले तीमध्ये अहिले पनि तीन हजार मात्रा बाँकी रहेको बताए ।
 

प्रतिक्रिया दिनुहोस