aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भूमाफियाको यत्रो हिम्मत बस्ती नै हडपे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ बैशाख २०७६
भूमाफियाको यत्रो हिम्मत बस्ती नै हडपे

सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा दुई दलितबस्ती भूमाफियाले हडपेका छन् । मिर्चैया नगरपालिका–७ फूलबलियामा जम्मा ६ कट्ठा जग्गामा २८ घरधुरी दलित बस्छन् । 

उनीहरु झन्डै ९० वर्षदेखि बस्दै आएका छन् । स्थानीय ६५ वर्षीय घुरन रामका अनुसार सिरहाको कल्याणपुर जब्दीका जग्गाधनी हजारी साहू भनिने रामचन्द्र साहलाई झन्डै ९० वर्षपहिले जग्गाको रकम बुझाएर यहाँ बस्ती बसाइएको थियो । उतिबेला जमिनदारले अनेक बहाना बनाएर जग्गा पास गरिदिएनन् ।

अहिले दिवंगत हजारी साहका नातिहरु श्रवणकुरा साह, दीपनारायण साह, सत्यनारायण साह, रामेश्वर साहलगायतले ९ मंसिर ०७५ मा धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरका जग्गा कारोबारी सुरेशकुमार महतोलाई दलितबस्ती रहेको ६ कट्ठा जमिन बिक्री गरेको स्थानीयले बताए । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस