
काठमाडौं । बहुचर्चित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सोमबारदेखि विद्युत् उत्पादन थाल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल रूपमा सो आयोजनाको उद्घाटन गर्नुहुने भएको छ । ४५६ मेगावाटको यो आयोजनाबाट सोमबार ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत् उत्पादन गरेर उद्घाटन गर्न लागिएको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिए ।
आयोजनाले करिब एक–डेढ महिना लगाएर प्राविधिक परीक्षण (वेट टेस्ट) पूरा गरेको छ । श्रेष्ठका अनुसार आयोजनाको विद्युत् गृह गोगरदेखि खिम्तीसम्म बिजुली ल्याउने प्रसारण लाइन तथा सबस्टेसन तयार भएको छ ।
म्ती–लामोसाँघु–प्सीफेदी २२० केभी प्रसारण लाइन तयार नभएको हुँदा तामाकोसीको विद्युत् ढल्केबर पु¥याएर १३२ केभी लाइनमार्फत काठमाडाँैं ल्याउने तयारी नेपाल विद्युत् प्राधिकरणको छ । विद्युत् उत्पादनको सँघारमा पुग्दा आयोजनाका लागि करिब ८४ अर्ब रुपियाँ लगानी लागेको प्रारम्भिक अनुमान प्राधिकरणको छ । यसमा ५२ अर्ब आयोजनाको खर्च र बाँकी ३२ अर्ब निर्माण अवधिको ब्याज पुगेको छ ।
प्रतिक्रिया दिनुहोस