aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

शेयर बजारका कारण भारतका अर्बपतिको सम्पत्ति भारी गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ असार २०७८
शेयर बजारका कारण भारतका अर्बपतिको सम्पत्ति भारी गिरावट

एजेन्सी । भारतीय अर्बपतिको सम्पत्ति दैनिक करोडौं घटिरहेको छ । गएको १५–२० दिनमा भारतका अर्बपति अदानी समूहको लगानीकर्ताहरूले २.३४  लाख करोडको घाटा भएको छ । अदानी समूहको स्टाकमा सूचिकृत ६ कम्पनीहरुको बजार क्यापमा यति गिरावट आएको हो ।  जून ११ सम्म कुल बजार क्याप ९४२८९५ करोड रहेकोमा शुक्रबारसम्म यो ७०८,२१५ करोडमा भारुमा झरेको छ । अदानी समूहको २३४,६८० करोड भारु घाटा भएको छ ।

वास्तवमा गत महिना अदानी समूहका कम्पनीहरूमा विदेशी लगानी सरकारले प्रतिवन्ध लगाएको समाचार आएको थियो । त्यस बेलादेखि समूह समूहको शेयर लगातार गिरावट आएको छ । यसमा सबैभन्दा ठूलो गिरावट अदानी टोटल ग्यास र अदानी ट्रान्समिशनको शेयरमा आएको छ । ट्रान्समिशनको सेयर १६४७ बाट घटेर ९५९ रुपैयाँमा आएको छ । यो ४१.७७ प्रतिशतले घटेको छ । अदानी टोटल ग्यासको शेयर १६८० बाट घटेर ९२० रुपैयाँ पुगेको छ। यो ४५.२३ प्रतिशतले घटेको छ ।

त्यस्तै अदानी एन्टरप्राइजेजको शेयर पनि १७१८ देखि १४२२ रुपैयाँमा झरेको छ । पोर्ट कम्पनीको शेयर ९०१ बाट ७१० सम्ममा आएको छ । अदानी ग्रीन एनर्जीको शेयर १३९४ बाट घटेर १००८ पुगेको छ । अदानी पावरको शेयर ३४.७३ प्रतिशतसम्म घटेको छ ।

प्रतिक्रिया दिनुहोस