aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

खुकुरी प्रहार गरि छोराले आमाको हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० असार २०७६
खुकुरी प्रहार गरि छोराले आमाको हत्या

खुकुरीले हानेर आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले सप्तरीमा एक युवकलाई पक्राउ गरेको छ ।

६० वर्षीया धनमायाँ पुलामी मगरको हत्याको अभियोगमा सुरुङ्गा नगरपालिका-१ चहका बस्ने ३० वर्षीय रिट्ठे भन्ने जंगबहादुर पुलामी मगरलाई बिहीबार दिउँसो पक्रेको प्रहरीले जनाएको छ ।

रिठ्ठेले खुकुरी प्रहार गर्दा आमा धनमायाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाइ छ । उनलाई ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस