aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

चीनको क्विझौमा चियाको निर्यात वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ असार २०७८
चीनको क्विझौमा चियाको निर्यात वृद्धि

क्विहाङ । चीनको दक्षिणमा रहेको क्विचो प्रान्तमा यो बर्षको पहिलो पाँच महिनामा चिया निर्यात १५.२ प्रतिशतले बढेको क्षेत्रीय भन्सार कार्यालयले जनाएको छ । प्रान्तीय राजधानी क्विहाङस्थित भन्सार कार्यालयका अनुसार यस बर्षको जनवरीदेखि मेसम्ममा क्विचोबाट दुई करोड ९० लाख ३६ हजार अमेरिकी डलर बराबरको चिया निर्यात भएको छ ।

क्विझौ कम अक्षांश, उच्च भूभागमा हुने धुपीको जङ्गल रहने र चीसो र कुहिरो लागिरहने चीनको एक गरिब तथा पहाडी प्रान्त हो । यस प्रान्तका विभिन्न ४३ प्रान्तमा व्यवसायीक चिया खेती स्थानीय कृषक तथा उद्योगीका लागी वरदान् सावित हुन थालेको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस