aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

जेफ बेजोसले गरे अमेजनको सीईओबाट राजीनामा, १३ लाख कर्मचारी हाँक्ने जिम्मा एन्डी जेसीलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ असार २०७८
जेफ बेजोसले गरे अमेजनको सीईओबाट राजीनामा, १३ लाख कर्मचारी हाँक्ने जिम्मा एन्डी जेसीलाई

एजेन्सी। अमेजनका संस्थापक जेफ बेजोसले २७ वर्ष पछि आज आफ्नो कम्पनीको मुख्य कार्यकारी अधिकारी (सिइओ) बाट राजीनामा गरेका छन्। ५७ बर्से बेजोसको ठाउँमा अब  अमेजन वेब सर्विसेज (एडब्ल्यूएस) को सिइओ बनेर एन्डी जेसीले काम गर्ने भएका छन्।  जेसी लामो समय देखी सो कम्पनीमा काम गर्दै आएका थिए। 

बेजोस आज विश्वको सबैभन्दा धनी व्यक्ति हुन्। उसले अमेजन २७ वर्ष अघि एउटा ग्यारेजमा अनलाइन पुस्तक स्टोरको रूपमा सुरु गरेका थिए । त्यो बेला अर्डर आएको बेलामा उनी आफैँ प्याकेजिंग गर्थे र हुलाक कार्यालयसम्म गैर डेलिभरी गर्थे। 

तर, उनको यो अवधारणा यति लोकप्रिय भयो कि आज यो विश्वभर फैलिएको छ। अब अमेजनले आफ्नो उपस्थिति ई-वाणिज्य, कृत्रिम बुद्धिमत्ता (ए आई ) क्लाउड कम्प्युटर देखि  डिजिटल स्ट्रिमिंग जस्ता क्षेत्रमा विस्तार गरेका छन् ।

एन्डी जेसी विगत २० वर्षदेखि अमेजनको क्लाउड सेवा हेरिरहेका थिए। यद्यपि बेजोस अमेजन ब्रान्डको कार्यकारी अध्यक्ष र कम्पनीको सबैभन्दा ठुलो सेयर होल्डरका रूपमा भने बसिरहने छन्। २७ वर्ष अगाडि आज कै दिन अर्थात् ५ जुलाई १९९४ मा बेजोसले अमेजन स्थापना गरेका थिए।

अब, जेफ बेजोस आफ्नो जीवनको अर्को चरणमा गइरहेका छन् जसमा चलचित्र, अन्तरिक्ष र परोपकार जस्ता क्षेत्र सामेल छन्। बेजोसले आफ्नो पदबाट राजीनामा गर्ने बारेमा भने कि 'म मेरो ऊर्जा नयाँ उत्पादनहरू र नयाँ पहलहरूमा केन्द्रित गर्न चाहन्छु।' बेजोसले आफ्ना १३ लाख कर्मचारीलाई भने, 'मलाई लाग्छ म यी संस्थाहरूको प्रभावको बारेमा धेरै उत्सुक छु।'

धेरै अरबपति व्यापारीहरू अन्तरिक्ष बजारमा उनीहरूको लगानी बढाईरहेका छन्। बेजोस पनि तिनीहरू मध्ये एक हुन्। विश्वको सबैभन्दा धनी व्यक्तिले अन्तरिक्षमा पर्यटन र पूर्वाधारको प्रवर्धन गर्न आफ्नो ब्लू ओरिजिन कम्पनीमा अरबौं डलर लगानी गरेको छन् । यो कम्पनीको पहिलो क्रू उडान जुलाई २० मा अन्तरिक्षमा पठाइने छ। यो उडान रिचर्ड ब्रानसनको भर्जिन ग्यालेक्टिक पछि अन्तरिक्षमा जाने दोस्रो निजी कम्पनीको उडान हुनेछ।

प्रतिक्रिया दिनुहोस