
काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले दीपक मनांगे जस्ता “बौद्धिक”भएको “कमाउनिष्ट”पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र ? भन्दै प्रस्न गरेका छन् ।
शुक्रबार बिहान नेपाल कम्यूनिष्ट पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमा बोल्दै नेकपा अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले आफुमाथि राखेको धारणाको कटाक्ष गर्दै उहाँले दिपक मनाङे जस्तो बौद्धिक मान्छे भएको ठाँउमा अरु बौद्धिक पार्टीको आवश्यकता पर्छ र ? भन्ने प्रश्न गरेकाे हो ।
अध्यक्ष दाहालले समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराईलाई इंगित गदैँ, बाबुरामजीको बौद्धिकताले अन्त गएर कहीँ सकारात्मक परिणाम दिएको देखिँदैन र ‘कम्युनिष्ट आन्दोलनमा नजोडिए बाबुरामको बौद्धिकताको अर्थ नभएको बताएकाे थियो । सोही विषयमा अध्यक्ष भट्टराईले कम्यूनिष्ट पार्टीलाई कमाउनिष्टको संज्ञा दिदै सामाजिक सञ्जाल टुइटर मार्फत जावफ दिएकाे हो ।
प्रतिक्रिया दिनुहोस