aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

आर्थिक वर्षको अन्त्यमा भुक्तानीमा चाप

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • मंगलबार, २२ असार २०७८
आर्थिक वर्षको अन्त्यमा भुक्तानीमा चाप

काठमाडौं । चालू आर्थिक वर्ष अन्तिम हुन लाग्दा विगतमा जस्तै यसपालि पनि सरकारलाई भुक्तानीमा चाप देखिएको छ । असार लागेयता दैनिक १० अर्बको हाराहारीसम्म खर्च हुँदा भुक्तानीमा चाप देखिएको अधिकारीहरूले बताएका छन् । सरकारी आयव्ययको अभिलेख राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार असार १ मा मात्रै सरकारले कुल बजेट रू १ अर्ब ५३ करोड १५ लाख खर्च गरेकोमा दैनिक खर्चको सीमा बढेर असार २० मा मात्रै अर्थात् एकै दिन रू. ९ अर्ब ४८ करोड ६७ लाख सरकारी कोषबाट खर्च भएको देखिन्छ ।

आइतवारसम्ममा कुल बजेट ७० प्रतिशत खर्च भएको छ । चालूतर्फ ८२ दशमलव ९८ भएको छ तर विकास अर्थात् पूँजीगततर्फ छुट्ट्याइएको बजेट भने ५० प्रतिशत पनि खर्च भएको देखिँदैन । अहिलेसम्म पूँजीगततर्फ विनियोजनको ४६ दशमलव ९८ प्रतिशत मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ ।

सरकारले आर्थिक वर्षको अन्त्यभन्दा केही महीनाअघि नै विनियोजित बजेट खर्च गर्न प्रणालीगत सुधारमा ध्यान दिइरहेको बारम्बार दाबी गर्दै आएको छ तर परिणाममा भने त्यस्तो देखिँदैन ।

महालेखा नियन्त्रक कार्यालयका अधिकारीहरूका अनुसार गतवर्षमा भन्दा यस वर्ष दैनिक निकासामा खासै फरक छैन । सहमहालेखा नियन्त्रक ज्ञानेन्द्र पौडेलका अनुसार प्रत्येक दिन निकासा रकमको सीमा बढिरहेको छ । भुक्तानीका लागि आर्थिक वर्षको अन्त्यमा रहने चाप कायमै देखिएको उनी बताउँछन् । खर्चको सीमा असार लागेयता दैनिक बढे पनि सरकारले अभैm पनि ४ खर्ब ३७ अर्ब २३ करोड १६ लाख रुपैयाँ बजेट खर्च गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस