aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

हवाई यात्रामा चाप बढ्यो

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • मंगलबार, २२ असार २०७८
हवाई यात्रामा चाप बढ्यो

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड बारम्बार अवरुद्ध हुँदा हवाई यात्रामा चाप बढेको छ। पहिरोका कारण पटकपटक अवरुद्ध हुने समस्याले जहाजमा यात्रुको चाप बढेको हो। 

भरतपुरबाट काठमाडौं जानका लागि अहिले बुद्ध एयरले मात्रै उडान भरेको छ। बुद्धले ४७ सिट क्षमताको दैनिक तीन वटा उडान भर्छ। यात्रुको चापले बिहीबारसम्म अग्रिम बुकिङ भएको छ। यात्रुहरू टिकटका लागि विमान कम्पनीको कार्यालयमा ताकेता गर्छन्। 

भरतपुर अस्पतालमा कार्यरट गोपाल पौडेलले टिकट नपाँउदा समस्या भएको बताए। ‘जरुरी परेर काठमाडौंबाट मान्छे आउनुपर्ने थियो, टिकट नपाउँदा आफन्त चितवन आउन पाएका छैनन्।’ तीन दिनमा पनि नपुग्ने बाटोको अवस्था भए पनि जहाजमा टिकट नपाउँदा हैरानी भएको बताए। 

अन्यत्र जिल्लाबाट काठमाडौं जानरआउनेहरू जरुरी परेपछि जहाजमा जान खोज्छन्। जिल्लाबाटै पनि काठमाडौंका लागि सहज यात्रा गर्न खोज्छन्। तर उडान कम भएकै कारण टिकट पाउनै गाह्रो छ। 

प्रतिक्रिया दिनुहोस